गफसफ.com, कालेबुङ, 24 अप्रेल
विषाक्त च्याउ खाँदा दुई परिवारका 5 जनाको मृत्यु भएको छ भने दुईजनाको अवस्था
चिन्ताजनक रहेको छ। उक्त घट्ना कालेबुङ जिल्ला अधिनस्थ सामसिङ फरेष्ट बस्तीमा भएको
हो।
प्राप्त जानकारी अनुसार विषाक्त च्याउ खाँदा श्याम कुमार राई (68) उनको पत्नी आशमाया राई (61) नवी भुजेल (60), उनको पत्नी शिला भुजेल (58), अनि छोरा मन्दिप भुजेल (19) को मृत्यु भएको छ। यता च्याउ खानेहरूमध्ये मृत श्याम कुमार राईका दुई छोराहरू चेतन राई(28) अनि अमित राई (19) हालमा सिलगडीको आनन्दलोक अस्पतालमा उपचाराधिन रहेका छन्। उपचाराधिन दुई मध्ये एकजनाको स्वास्थ्यमा केही सुधार आएको छ भने अर्को एकजना निक्कै गम्भीर रहेको थाह लागेको छ।
‘गाउँमा पिउँने पानीको समस्या छ। पिउने पानीको स्रोत टाडा छन्। पिउने पानी बिग्रेपछि बनाउँन दुई घरमा छोराहरू जाँदा च्याउअ भेटेछन्। त्यहीँ च्याउ ल्याएर खाँदा दुईवै परिवारको अवस्था आज यो भएको हो’ स्थानीय गाउँवासी मिलन भुजेलले जानकारी गराए। उनले यसबारे गाउँका मानिसहरू कसैलाई थाह नभएको तर पछि उनीहरू बिरामी भएपछि मात्र घट्नाबारे पत्तो लागेको पनि उनले बताएका छन्।
‘गाउँमा पिउँने पानीको समस्या छ। पिउने पानीको स्रोत टाडा छन्। पिउने पानी बिग्रेपछि बनाउँन दुई घरमा छोराहरू जाँदा च्याउअ भेटेछन्। त्यहीँ च्याउ ल्याएर खाँदा दुईवै परिवारको अवस्था आज यो भएको हो’ स्थानीय गाउँवासी मिलन भुजेलले जानकारी गराए। उनले यसबारे गाउँका मानिसहरू कसैलाई थाह नभएको तर पछि उनीहरू बिरामी भएपछि मात्र घट्नाबारे पत्तो लागेको पनि उनले बताएका छन्।
जङ्गलमा भेटेका च्याउ खाएर बिरामी
भएपछि बिहिबारका दिन उनीहरूलाई मालबजार अस्पताल लगिएको थियो जहाँ अवस्था गम्भीर
देखेपछि सोझै उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पताल रेफर गरिएको थियो। सिलगडी
लगिरहेको समयमा नै बाटोमानै सर्वप्रथम श्याम राईको मृत्यु भयो भने उनकी पत्नी
आशमाया राईको पनि सोही दिन बेलुकी मृत्यु भएको थियो। मृत्यु भएपछि पोष्टमार्टम
नगरि श्याम कुमार राई अनि उनकी पत्नीलाई दफन गरिएको थियो। तर पछिबाट उक्त मृत्यु
अप्राकृतिक नभएको कारण पोष्टमार्ट गर्नपर्ने हुँदा दफन गरिएको शवलाई समेत खनेर
निकाल्न परेको थियो। दफन गरिएको शवनलाई म्याजिस्ट्रेटको उपस्थितिमा निकालेपछि
कालेबुङ जिल्ला अस्पतालमा पोष्टमार्टमको निम्ति ल्याइएको थियो। यद्यपि शवको फरेन्सिक
जाँच गर्नुपर्ने हुँदा पुन: शवलाई उत्तर बङ्गाल मेडिकर कलेज एवम् अस्पताल पठाइएको
छ।
घटनालाई लिएर यता कालेबुङ जिल्ला अस्पतालका स्वास्थ्य निरिक्षक अङ्कन
सिमलाङदीले जानकारी दिँदै कानूनी रूपमा पोष्टमार्टम गर्नैपर्ने भएकाले श्याम कुमार
राई अनि आसमाया राईको शव निकालेर कालेबुङ ल्याइएपछि पुन: सिलगडी पठाइएको बताएका
छन्।
यता उक्त दुखद घट्नामा गोजमुमो पार्टी पीडित परिवार पक्षको साथम रहेको कालेबुङ
जिल्ला समिति सचिव गायत्री मुखियाले बताइन्। उन’ए घटनालाई लिएर जीटीए बोर्डअफ
एडमिनिष्ट्रेसन अध्यक्ष विनय तामाङको निर्देशमा विपदमा परेका परिवारहरूलाई सहयोग
गर्न आफूहरू लागिपरेको जानकारी गराउँदै सम्वेदना प्रकट गरिन्। यता कालेबुङ
अस्पतालबाट शवलाई लिएर सामसिङ प्रस्थान गर्नअघि उनले उपचाराधिन बिरामीहरूको निम्ति
आर्थिक सहयोग गर्न पहल गरिरहेको पनि जानकारी दिएकी छन्।
No comments:
Post a Comment