गफसफ.com, कालेबुङ 30 अप्रेल
कालेबुङ जिल्लाका विभिन्न प्राथमिक पाठशालाका मोठ 9 जना शिक्षक शिक्षिका नेशन
बिल्डर अवार्डले सम्मानित भएका छन्। रोटरी क्लब कालेबुङद्वारा उनीहरूलाई एक
कार्यक्रमको आयोजना गरेर नेशन बिल्डर अवार्डले सम्मानित गरेको हो।
रोटरी क्लब कालेबुङका अध्यक्ष सारदा मुखियले अध्यक्षता गरेको कार्यक्रममा
दार्जीलिङ जिल्ला स्कुल परिषदकी अध्यक्ष छिरिङ दहाल मुख्य अतिथिका रूपमा उपस्थित
रहेकी थिइन्। यसक्रममा सरकारी प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रका मणिन्द्र भुजेल
विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। यसका साथै विभिन्न विद्यालयका
शिक्षकवर्गको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष सारदा मुखियाले
सवागत सम्बोधन राख्दै कार्यक्रमको औचित्यबारे बताइन् भने रोटोरियन प्रवीण प्रधानले
रोटरी शैक्षिक मिसनबारे जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा
भरतमणी प्रधानले नेशननल बिल्डर अवार्ड अनि यसका उद्देश्यबारे जानकारी गराएका थिए। उनले
सरकारी सहयाता प्राप्त प्राथमिक पाठशालाहरूमा शिक्षाको गुणस्तरमा वृद्धि गर्न अनि
शिक्षकवर्गको कार्यलाई हेरेर उक्त पुरस्कार प्रदान गरिन्दै आएको पनि जानकारी गराए।
No comments:
Post a Comment