गफसफ.com, कालेबुङ 28 अप्रेल।
‘पहाड़मा रोहोङ्गियाहरू भएको प्रमाण देखाए जीटीएको चेयरम्यान पद छोड़्नेछु’ उक्त
कुरा खर्साङमा विनय तामाङले भनेका हुन्। उनले कालेबुङमा रोहोङ्गिया मुस्लिमहरू
प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त बयान दिएका हुन्।
यसक्रममा उनले कालेबुङ मात्र होइन पहाडभरी नै रोहोङ्गिया मुस्लिम घुसपैठ भएको
कुरालाई खण्डन गरेका छन्।
Binay Tamang (File Photo) |
कालेबुङमा रोहोङ्गिया मुस्लिमहरू प्रवेश गरेको खबर सरासर गलत रहेको दाबी गर्दै
उनले यो भिडियो कुनै एउटा राजनैतिक दलको युवा एकाईले फैलाएको आरोप समेत लगाए।
यसक्रममा उनले यस्रई तथ्यविहिन झुटो कुराको प्रचार नगर्ने सुझाव समेत राखे। ‘कतिपय
राजनैतिक पार्टीहरुले रोहोङ्गिया शरणार्थीहरुको कुरा केवल 2019 को चुनावलाई हेरेर
गरिरहेको छ’ तामाङले कुनै राजनैतिक दलको नाउँ नलिई भने। ‘शुक्रबार कालेबुङमा
देखिएको मुसलमानहरू कलकत्ता प्रेसिडेन्सी कलेजबाट आएको कुरा छानबिन गर्दा पत्तो
लागेको छ’ उनले कालेबुङमा प्रवेश गरेका मुस्लिम मानिसहरू भारतीय रहेको बताउँदै
भने। उनले यसरी झुटो कुरोलाई फैलाउने कार्य गर्न नहुने आह्वान गर्दै –‘रोहोङ्गिया
शरणार्थीहरु पहाडको कुनै स्थानमा बसेको भेटिए म जीटीए चेयरम्यानको चौकी छोड्न तयार
छु’ भने।
No comments:
Post a Comment