गफसफ.com, 21
अप्रेल 2018
राज्य चुनाव आयोगद्वारा घोषित पञ्चायत चुनाव आगमी 1,
3 अनि 5 मईका दिन नहुने भएको छ। कोलकोता हाइकोर्टका न्यायाधिश
सुब्रत तालुकधारको खण्डपिठले राज्य चुनाव आयोगलाई पञ्चायत चुनावको नयाँ तारिक
घोषणा गर्नुपर्ने निर्देश दिएको छ। चुनाव आयोगले न्यायालयको आदेशमा अब राज्य
सरकारसँग कुराकानी गरेर पञ्चायत चुनावको नयाँ तारिक घोषणा गर्नुपर्नेछ।
उच्च अदालतको उक्त आदेशलाई राज्यका बिपक्षी दलहरूले बिजयको हुँङ्कार पिटीरहेका
छन्। अदालतले पञ्चायत चुनावका निम्ति अघिबाटै जमा भइसकेका नामाङ्कन पत्र रद्द
नहुने पनि स्पष्ट पारेको छ। यसका साथै इच्छुक प्रार्थीहरूलाई नामाङ्कन पत्र दर्ता
गर्ने नयाँ समय सिमा दिनुपर्ने पनि राज्य चुनाव आयोगलाई आदेश दिएको छ।
उच्च अदालतको आदेशपछि माकपा नेता बिकास रञ्जन भट्टचार्यले यदि राज्य चुनाव
आयोगले अदालतको आदेशलाई पालन नगरे पुन: आफुहरू अदालतको दैलो ढक्-ढकाउने बताएका
छन्।
उच्च अदालतको निर्णयलाई स्वागत गर्छौँ – ममता ब्यानर्जी
पञ्चायत चुनावलाई लिएर उच्च अदालतको फसेलालाई मुख्यमन्त्री ममता ब्यानर्जीले
स्वागत जनाएका छन्। उच्च अदालतको एकल खण्डपिठको आदेशलाई लिएर राज्य सरकार उच्च
अदालतमा जाने हुन् कि नजाने भन्ने विषयमा मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य
सरकार चाँडो भन्दा चाँडो पञ्चायत चुनाव गराउन चाहेको जानकारी गराए। ‘हामी मई महिनाको पहिलो सातामा पञ्चात चुनाव गराउन
चाहन्थ्यौँ तर, जसले
चुनाव गराउनै चाहँदैन थिए उनीहरूले उच्च अदालतमा याचिका दर्ता गरे’ मुख्यमन्त्री ममता ब्यानर्जीले भने। उनले पञ्चायत चुनाव
हुनमा ढिलो भए मौसम खराब हुने भन्दै बीरभुम, मेदिनापुर, बाँकुडा, पुरुलिया आदि क्षेत्रहरूमा तापमान 50 डिग्रीभन्दा धेर हुने बताए। यसका साथै आधीँ तुफानको
सम्भावना पनि धेर हुने बताए। ‘हामी पञ्चाय चुनाव झट्टै भएको चाहन्छौँ अनि यसका निम्ति शान्ति बनिरहोस्’ ममता ब्यानर्जीले भनिन्।
No comments:
Post a Comment