गफसफ.com, कालेबुङ 18 मई
11 औँ पञ्चेन लामालाई चिनी सरकारले 6 वर्षको उमेरमा अपहरण गरेको भन्दै उनको
स्वास्थ्य लाभको कामना सहित झट्ट छोड्नुपर्ने माग गर्दै तिब्बती महिला सङ्गठनले
कालेबुङमा क्यान्डल जुलुस निकालेको छ। यहाँको मानेलाखाङ गुम्बा परिसरबाट सुरु भएको
उक्त क्यान्डल जुलुसले कालेबुङ शहरको परिक्रमा गरेर पुन: मानेलाखाङ परिसरमानै
पुगेर समापन भएको थियो। यस अवसरमा कालेबुङमा रहेका तिब्बति मूलका मानिसहरू जुलुसमा
सहभागी बनेका थिए।
तिब्बती धर्मगुरु दलाई लामाले 14 मई 1995 का दिन 11 औँ पञ्चेन
लामाका अवतारीका घेदुन छ्योकी निमालाई चिन्हित गरेको तीनदिन पछि नै उनी निखोज भएका
थिए। जसको आजसम्म कुनै पत्तो लाग्न सकेको छैन। 6 वर्षको उमेरमा निखोज बनेका 11औँ
पञ्चेन लामालाई चिन सरकारले झट्टै देखाउनुपर्ने माग गर्दै अनि उनको सु-स्वास्थ्यको
काम गर्दै तिब्बती महिला सङ्गठनले शहरमा जुलुस निकालेको तेञ्जिङ नरजङले बताएकी
छन्। ‘11औँ पञ्चेन लामालाई 6 वर्षको उमेरमा नै चिन
सरकारले अपहरण गरेको छ। आजसम्म उनको केही जानकारी छैन। हामी उनको झट्टै रिहाई माग
गर्दछौँ’ तेञ्जिङ नरजङले बताइन्।
No comments:
Post a Comment