गफसफ.com, कालेबुङ
30 मई।
पहाडमा जीटीए चुनाव हुने चर्चा दिन-दिनै चलिरहेको छ। सम्भवत यसैवर्षको अन्ततिर
जीटीए चुनाव हुने सम्भावना रहेको छ। यद्यपी यसबारे कुनै आधिकारिक सूचना भने जारी
भएको छैन। गत वर्ष जीटीए प्रमुख बिमल गुरुङ लगायत सम्पूर्ण सभासदवर्गले राजीनामा
दिएर गोर्खाल्याण्ड आन्दोलन थालेदेखि नै जीटीए चुनाव नभएको हो। गोर्खाल्याण्ड
आन्दोलनकै अवधीमा बिनय तामाङ अनि अनित थापाहरूले जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनको
बागडोर सम्हालेपछि त्यहीँ बोर्ड अफ् एडमिनिस्ट्रेसनले नै अहिले पनि कार्य गर्दै
आइरहेको छ। यस्तो अवस्थामा सरकारले पहाडको स्थिति स्वाभाविक बनेको कारण यसैवर्ष
जीटीए चुनाव गर्नसक्ने सम्भावना प्रबल बनेको छ।
‘हामी पनि चाहन्छौँ जीटीए चुनाव भएको राम्रो हो। एउटा
गणतान्त्रिक पद्धतिमा हामी चुनिएर आउन सकोस्। अहिले दार्जीलिङ पहाडमा शान्ति भएको
छ। यहाँ शान्ति स्थापना भएर आगो निभेको छ। तर, आगो निभे पनि खरानी भित्र भुङ्ग्रो अझै छ। त्यसैले जबसम्म
भुङ्ग्रो निभ्दैन तबसम्म चुनाव सम्भव हुँदैन’- उक्त कुरा जीटीए अध्य बिनय तामाङले भनेका हुन्। जीटीए चुनाव
सम्बन्धि पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा तामाङले उक्त कुरा भनेका
हुन्। यसक्रममा उनले राज्य सरकारले बनाएको बोर्ड अफ् एडमिनिस्ट्रेसनको मियाद पुरा
नभएको बताउँदै मियाद पुरा भएपछि चुनावमा जानलाई राज्यसरकारसँग कुराकानी गरेर तय
गर्ने पनि स्पष्ट पारेका छन्। ‘राज्य सरकारले हामीलाई बोर्ड अफ् एडमिनिस्ट्रेसन बनाएर राखेका छन् जसको मियाद
पुरा भएको छैन। मियाद पुरा भएपछि चुनावमा कतिबेला जानुपर्छ भन्ने राज्य अनि
हामीमाझको कुरा हो’ तामाङले भने।
उनले जीटीए चुनाव निश्चय हुने बताएपनि कहिले हुने भन्ने कुरा चाहीँ अहिलेनै
खुलस्त भन्न नसकिने बताए। ‘म पनि
चुनाव होस् अनि चुनावकै माध्यमबाट नै त्यस ठाउँमा (जीटीए प्रमुखको पदमा) बसोस्
भन्ने हामी चाहन्छौँ। यो जनताको पनि चाहना हो। चाहे म बसौँ, हाम्रो पार्टी बसोस् अथवा अन्य कोहि बसोस् तर चुनावकै
माध्यमबाट बसोस् भन्ने चाहन्छौँ’ बिनय तामाङले अझ भने –‘तर अहिलेघरी सबै परिस्थिति साम्य भएको छैन। सबै परिस्थिति
साम्य भएपछि चुनाव हुनेछ। सायद 2019 मा चुनाव तपाईँहरूका निम्ति एउटा गिफ्ट नै
हुनेछ।’
भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्
भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्
No comments:
Post a Comment