गफसफ.com, कालेबुङ
24 मई।
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा (बिमल गुट) कालेबुङ जिल्ला समितिका पूर्व
अध्यक्ष तेञ्जिङ कुफेल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। पहाडमा शान्ति र बिकासको
निम्ति तृणमूल कङ्ग्रेसको कार्यलाई मनपराएर उनी तृणमूल काङ्ग्रेसमा सामेल भएको बताएका छन्।
यसक्रममा कुङ्फेलले पनि सन् 1986 को गोर्खाल्याण्ड
आन्दोलन देखि 2007 र 2017 को गोर्खाल्याण्ड आन्दोलनले पनि कुनै उपलब्धि ल्याउन
नसकेपछि आखिरमा आफु बिकासको पक्षमा तृणमूल कङ्ग्रेसमा सामेल भएको तेञ्जिङ
कुङ्फेलले घोषणा गरेका छन्। ‘पहाडमा कि गोर्खाल्याण्ड हुनपर्छ कि बिकास हुनपर्छ। यहाँ जनताले जे जति गर्नु
थियो त्यो सबै गरे। तर, गोर्खाल्याण्ड हुन सकेन। हामीले अस्सिको दशकदेखि 2017 सम्म गोर्खाल्याण्ड
आन्दोलन गरेका हौँ। केही नभएपछि अब राज्य सरकारले यहाँ बिकास नै गर्नसक्छ भन्ने
बुझेपछि बिकासकै निम्ति तृणमूल कङ्ग्रेसमा सामेल भएको हुँ’ तेञ्जिङ कुङ्फेलले भने।
No comments:
Post a Comment