गफसफ.com, कालेबुङ 23 मई।
कालेबुङ जिल्लाको अलगडा खण्डमा एक व्यक्तिको घरमा चट्याङ हिर्काउँदा करेन्ट
लागेर मृत्यु भएको छ। घट्ना अलगडा खण्ड अधिनस्थ कागे ग्राम पञ्चायत स्थित रबेक
गाउँको हो। मङ्गलबारे राती पानी झरेको समय अचानक रमेश राई (36) को घरमा चट्याङ
हिर्काएको थियो। चट्याङको उनको घरमा जडान गरिएको मिटर बक्समा लागेपछि सर्ट सर्किट
भएको बताइएको छ।
चट्याङले लागेर सर्ट सर्किट भएपछि रमेश राई मेन स्विच बन्द गर्न जाँदा
करेन्ट लागेर मृत्यु भएको पुलिस सुत्रबाट जानकारी प्राप्त भएको छ। उनलाई अचानक
करेन्ट लागेपछि उनकी श्रीमती गणिता राई बचाउन जाँदा उनलाई पनि करेन्ट लागेर घाइते
बनेकी छन्। यद्यपी उनको अवस्था भने सामान्य रहेको पुलिस सूत्रले बताएको छ। चट्याङको
कारण घरभित्रका सम्पूर्ण वाइरिङ पनि जलेको थाह लागेको छ।
No comments:
Post a Comment