गफसफ.com, असम 3 मई।
असममा एकजना गोर्खा समाज सेवीको हत्या भएको छ। उक्त घट्ना असम राज्यको कोक्राझार जिल्ला अन्तर्गत सरलपारामा भएको हो। अज्ञात मानिसहरूले नारायण बरालको हत्या गरेका छन्। उनको शव उल्टापानी र विस्मुरिको बिचमा रहेका जङ्गलबाट उद्धार गरिएको छ।
केही मानिसहरूले जङ्गलमा शव देखेपछि तलासी गर्दा उक्त शव गोर्खे समाजसेवी नारायण बरालको रूपमा चिन्हित गरिएको पछि थाह लागेको हो। असमको एक्साइज डिपार्टमेन्टमा सब-इन्सपेक्टरका रूपमा कार्यरत बरालको हत्या 2 मई बुधबारका राती गरिएको थाह लागेको छ। उनी आफ्नो कार्य सकेर घर फर्कने क्रममा अज्ञात मानिसहरूले बाटोमानै हत्या गरिदिएको छ। जसको कारण क्षेत्रमा आतङ्कको लहर छाएको छ।
असमको भारत भोटाङ सिमान्त क्षेत्र सरलपारामा गोर्खाहरू बसोबास गर्छन् भन अहिले क्षेत्रमा आतङ्कको वातावरण सिर्जना भएको छ। त्यहाँ बसोबास गर्ने गोर्खाहरू माथि बारम्बार अत्याचार हुन थालेको मानिसहरूले गुनासो गरिरहेका छन् भने बरालको हत्याले झन् क्षेत्रमा सनसनी मच्चिएको छ। दिनोदिन यसरी आताङ्को वातावरण सिर्जना भएपछि मानिसहरूले प्रशासनबाट सुरक्षाको माग गरेका छन्।
विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहेका नारायण बरालको हत्याले क्षेत्रमा गोर्खाहरूमा आक्रोसको लहर छाइदिएको छ। जसको कारण मानिसहरूले प्रशासनले सुरक्षा व्यवस्ताको जिम्मेवार लिनुपर्ने माग गरिरहेका छन्।
No comments:
Post a Comment