गफसफ.com, ऐकातेरिनाबर्ग 15 जुन।
जोस जिमेनेजले 89औँ मिनटमा लगाएको गोलको सहायताले उरूग्वेले मोहम्मद सलाहको बिना मैदानमा
ओर्लिएको ईजिप्टलाई 1-0 ले पराजित गरेको छ। खेलको अन्तिम समयमा उरूग्वेले आक्रमक
खेल खेल्दै ईजिप्टमाथि दबाव बनाउनका साथै जिमेनेजले निर्णायक गोल गरेर आफ्ना देशलाई
बिजय बनाएको हो।
लिभरपुलका चर्चित खेलाडी सलाहलाई चोट लागेको कारण यो मैच खेल्न सकेनन्। उनी
मैदान बाहिर खेल हेरिरहेका थिए। पेरिस सेन्ट जर्मनका खेलाडी एडिन्सन काभानीले
उरूग्वेका निम्ति पहिलो हाफमा राम्रा मौका बनाएका थिए तर, सटिक फिनिसिङको अभावमा
गोलमा परिण हुन सकेन। अर्कोतर्फ 2014 मा प्रतिबन्ध लागेपछि पहिलो मैच खेलिरहेका
लुइस स्वारेजले पहिलो हाफमा कुनै जादुई चमत्कार गर्न सकेनन्। इइजिप्टको निम्ति
मारवाह मोहसिन एक्लै फर्वर्डका रूपमा थिए अनि सलाहको कमी टिमलाई धेरै देखिएको
थियो।
खेल सुरु भएको आधाघन्टापछि जब स्टेडियममा लागेको स्क्रिनमा जब सलाहलाई आफ्ना
साथीहरूसँग बेञ्चमा बसेर कुराकानी गरिरहेको देखाइएको थियो तब सम्पूर्ण स्टेडियम
थप्पडीले गुञ्जिएको थियो। ईजिप्टका कोच हेक्टर कूपरले मङ्गलबार सलाह चोटमुक्त भएको
बताएका थिए तर उनले भनेजस्तो भएन।
उरूग्वेका खेलाडीहरूले ईजिप्टको दह्रो रक्षापंक्तिलाई तोड्ने एकाधिक प्रयास
गरेपनि ईजिप्टले पनि उत्तिकै बेजोड प्रदर्शन गरेको थियो। स्टार एडिन्सन काभानिले खेलको
अन्त्यतिर पाएको फाउललाई सुन्दर सर्ट लगाएका थिए तर उनको उक्त सर्ट बिपक्षी टोलिको
गोलपोस्ट लागेर फर्किएको थियो। खेलको आखिरमा उरूग्वेका डिफेन्डर जोस जिमेनेजले 89औँ मिनटमा लगाएको हेडरले बिपक्षी टोलिको नेटलाई चुमेपछि
उरूग्वेले जितको स्वाद चाख्न पाएको छ।
No comments:
Post a Comment