गफसफ.com, कालेबुङ 13 जुन।
वितेको महिना 21 मईका दिन कालेबुङ जिल्ला अस्पतालका डाक्टर अभिषेक गौतमलाई
हातपाई गर्ने दुईजना आरोपीहरूलाई पुलिसले पक्राउ गरेको छ। डाक्टर गौतमलाई हातपाई
गर्ने आरोपीद्वय लेकसाङ गावा भोटिया अनि सुरेन्द्र सुब्बाले आज कालेबुङ थानामा
आत्मसमर्पण गरेपछि उनीहरूलाई पक्राउ गरेको हो। पक्राउपछि जिल्ला न्यालयमा पेश गरेर
उनीहरूलाई 5 दिनको पुलिस रिमाण्डमा पठाइएको छ।
घट्नापछि आरोपी दुवैजना लापत्त भएका थिए। दुवैलाई पुलिसले खोजी कार्य गरेपनि
पक्राउ गर्नभने सकेको थिएन। आखिरमा उनीहरूले थानामा आत्मसमर्पण गरेपछि पक्राउ
गरेको हो। उनीहरूविरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 353 अन्तर्गत मुद्दा
दर्ता गरेको छ।
पक्रा परेका अरोपी सुरेन्द्र सुब्बाले
यस अवधी पत्रकारहरूले प्रतिक्रिया लिन चाहँदा आफुहरूले अञ्जानमा डाक्टरलाई दुई
थप्पड हिर्काएको स्वीकार गरेका छन्। उनले साथी बिरामी भएर अत्याधिक ब्लिडिङ भइरहेको
अवस्थामा एम्बुलेन्समा अस्पताल ल्याएर आउँदा बाटोमा एम्बुलेन्स अघि रहेको बाहनले
पास नदिएपछि दुई थप्पड हिर्काएको स्पष्टिकरण दिएका छन्। यसक्रममा उनले त्यस बाहनमा
डाक्टर थिए भन्ने कुराको जानकारी नभएको बताउँदै त्यसबेला अत्यन्त्यै आपतकालिन
अवस्थामा बाटो नछोडेपछि आवेशमा आएर दुईथप्पड हिर्काएको पनि बताएका छन्।
स्मरण रहोस्, गत 21 मईका दिन कालेबुङ अस्पतालमा बिरामी लिएर आएको एम्बुलेन्सलाई
डा. अभिषेक गौतमको बाहनले अस्पताल पुग्न अगावै बाटो मागे पनि उनले फराकिलो ठाउँको
अभावमा बाटो नदिएपछि अस्पताल परिसरमा नै बिरामी लिएर आएकाहरूले हातपाई गरेको थियो।
त्यसबेला उनलाई कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालय नजिक एम्बुलेन्सले बाटो
मागेको थियो। त्यसपछि पनि उनी बाटो नछोडी अस्पताल पुगेपछि एम्बुलेन्सबाट ओर्लिएर
बिरामी ल्याउनेहरूले हातपाई गरेका थिए।
No comments:
Post a Comment