गफसफ.com, मुम्बई 10 जुन।
कप्तान सुनील छेत्रीको दममा भारतले केनियालाई 2-0 ले पराजित गरेर इन्टरकन्टिनेन्टल
कप फुटबल टुर्नामेन्टको खिताब जितेको छ। मुम्बई फुटबल एरिनामामा सम्म भएको खेलमा
कप्तान सुनिल छेत्रीले भारतका निम्ति दुवै गोल आफैले गरेका थिए।
छेत्रीले आज गरेको दुई गोल सँगै उनी सर्वाधिक गोल गर्ने सक्रिय फुटबल
खेलाडीहरूको सूचीमा रहेका अर्जेन्टिनामा महान खेलाडी लियोनल मेस्सिको साथ संयुक्त
रूपले दोस्रो नम्बरमा पुगेका छन्। यी दुवै खेलाडीको नाउँमा अब 64 अन्तराष्ट्रिय गोलको
रेकर्ड दर्ता भएको छ।
छेत्रीले खेल सुरु भएको आठौँ मिनटमा पहिलो गोल गरेका थिए। त्यसपछि पुन: उनले 29
औँ मिनटमा व्यक्तिगत दोस्रो गोल गरेर भारतलाई केनिया बिरुद्ध 2-0 को बडत बनाउन
सक्षम बनेका थिए। दोस्रो गोल गर्नका साथै उनले अन्तराष्ट्रिय स्तरमा मेस्सीको
रेकर्ड बराबर बनाएका हुन्। आफ्नो 102 औँ अन्तराष्ट्रिय मैच खेलिरहेका 33 वर्षिय
सुनिल छेत्रीभन्दा अधिक गोल गर्ने पोर्तुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो
रहेका छन्। उनको नाममा 150 मैचमा 81 गोल गर्ने रेकर्ड रहेको छ।
भारतको निम्ति पहिलो मौका त्यतिबेला प्राप्त भयो जतिबेला केनियाका खेलाडी
बर्नार्ड ओगिंगाको फाउल गरेका थिए। उक्त फाउललाई अनिरुद्ध थापाले हिकाउँदै सोझै
कप्तान सुनिल छेत्रीलाई पास दिएका थिए जसलाई छेत्रीले सोझै बिपक्षी टोलि केनियाको
नेटमा बल चुमाएका थिए। यता केनियाले पनि भारतको विरुद्ध एकाधिक मौका पाए पनि
मौकालाई गोलमा भने परिणत गर्न सकेन। पछिबाट पुन: खेलको 29 औँ मिनटमा अनस एडाथोडिकाको
लामो पासलाई छेत्रीले सही ढङ्गमा बल रोकेर गोलमा परिणत गर्दै 2-0को बडत बनाएका
थिए। जुन गोलसङ्ख्या खेल सम्पात हुँदा सम्म बड्न सकेन। सोहीकारण भारतले आखिरमा
केनियालाई 2-0 ले पराजित गरेर कप्तान सुनिल छेत्रीको दममा इन्टरकन्टिनेन्टल कप
फुटबल टुर्नामेन्ट च्याम्पियन बनेको छ।
No comments:
Post a Comment