गफसफ.com, दार्जीलिङ
26 जुन।
गोजमुमो संस्थापक अध्यक्ष एवम् पूर्ण जीटीए प्रमुख विमल गुरुङकी छोरी
अन्नपूर्ण गुरुङले नाउँ परिवर्तित गरेर धोखाधडी गरेको गम्भीर आरोप लागेको छ। विमल
गुरुङको छोरी अन्नपूर्ण गुरुङले आफैलाई नन्द गुरुङको रूपमा रूपान्तरित गरेर
धोखाधडी गरेको आरोप लागेको छ। यसबारे दार्जीलिङ जिल्लापाल जोयश्री दासगुप्तले
पश्चिम बङ्गाल शिक्षा विभागका मुख्य सचिवलाई एक रिपोर्ट सुम्पिएकी छन्।
दार्जीलिङ जिल्लापाल जोयश्री दासगुप्तले राज्य स्कुल शिक्षा विभागका मुख्यसचिवलाई
विमल गुरुङकी छोरी अन्नपूर्ण गुरुङको आईसीएसई पास सर्टिफिकेटको सम्बन्धमा जाँच
रिपोर्ट सुम्पिएकी हुन्। रिपोर्टमा अन्नपूर्ण गुरुङले आफैलाई नन्द गुरुङमा रूप परिवर्तित
गरेर आफ्नो अध्ययन जारी राख्नु अनि धोखाधडी गरेको आरोप रहेको छ। पुलिसले उक्त
अभियोगको आधारमा जाँच गर्ने भएको छ।
विमल गुरुङकी छोरी अन्नपूर्ण गुरुङलाई 31 अक्टोबर 1994 का दिन दार्जीलिङको
माउन्ट हर्मन स्कुलमा दोस्रो कक्षामा भर्ना गरिएको थियो भनि 21 जुन 2018 को
रिपोर्टमा भनिएको छ। स्कुलमा रहेको रिकर्डको आधारमा उनको 25 अक्टोबर 1987 जन्मतिथी
रहेको छ। उनले 2004 मा माउन्ट हर्मन स्कुलबाट आईसीएसई परिक्षा लेखेकी थिइन् भने उनी
अतिर्ण बन्न असमर्थ बनिन्। उनको आईसीएसई इन्डेक्स नम्बर T/1354/056 रहेको छ भने स्कुलको रेकर्ड
अनुसार ठेगाना पातलेबाँस, पोस्ट अफिस नर्थ पोइन्ट दार्जीलिङ रहेको छ।
‘यस्तो लाग्छ कि सुश्री अन्नपूर्ण गुरुङले फेरि ग्रीन लन्स स्कुल दार्जीलिङबाट
सुश्री नन्द गुरुङको आईसीएसई पास सर्टिफिकेटको प्रयोग गरिन्’ दार्जीलिङ जिल्लापाल
जोयश्री दासगुप्तले भनिन्।
पूर्णबहादुर गुरुङकी छोरी नन्द गुरुङ काराइया वार्ड
नम्बर-3, जिल्ला रूपनदेही, भलवारी, भैराव नेपालका बासिन्दा हुन्। उनले दार्जीलिङको
ग्रीन लन स्कुलबाट त्यसैवर्ष आईसीएसई परिक्षा लेखेकी थिइन। उनको 20 मार्च 1987 मा
जन्म भएको तथ्याङ्क स्कुलमा रेकर्ड रहेको छ। नन्द गुरुङकी आईसीएसई इन्डेक्स नम्बर T/1352/039 रहेको छ। नन्द गुरुङको पास प्रमाण
पत्रको आधारमा अन्नपूर्ण गुरुङले 10 जुलाई 2014का दिन हिमाली बोर्डिङ स्कुलमा
एघारौँ कक्षा भर्ना भइन् अनि आफैलाई नन्द गुरुङको रूपमा रूपान्तरण गरेर आफ्नो
अध्ययन जारी राखिन् भनि दार्जीलिङ जिल्लापाले मुख्य सचिवलाई सुम्पिएको रिपोर्टमा स्पष्ट
लेखिएको छ।
‘यस धोखाधडी कार्यको निम्ति हिमाली बोर्डिङ स्कुल अनि ग्रीन लन स्कुल विरुद्ध
कार्वाही गर्न सकिनेछ’ जिल्लापाल जोयश्री दासगुप्तले रिपोर्टमा स्पष्ट लेखेकी छन्।
No comments:
Post a Comment