गफसफ.com, दार्जीलिङ 16 जुन।
आगमी 17 जुनका दिन गोर्खाल्याण्डको निम्ति सहिद हुनेहरूलाई श्रद्धाञ्जली अर्पण
गर्न सबैले दियो बाल्ने आह्वान गर्दै विमल गुरुङले प्रेस बिज्ञप्ति जारी गरेको
एकदिन पछि पुन: आफ्नो भोइस रेकर्ड सार्वजनिक गर्दै सोही कुरा दोहोर्याएका छन्। विमल
गुरुङको उक्त भोइस रेकर्डलाई रोशन गिरीले वाट्सअप मार्फत् सार्वजनिक गरेका छन्।
धेरै
लामो समयपछि आएको विमल गुरुङको भोइन रेकर्डमा उनी निक्कै भावुक बोलेका छन्। गत वर्ष
17 जुनका दिन गोर्खाल्याण्ड माग्नदै जुलुसमा हिँडेकाहरूलाई दार्जीलिङमा गोलि लागेर
सहिद बनेपछि उक्त दिनलाई पहाडवासीले श्रद्धाञ्जली दिन घर-घरमा मौमबत्ति
बाल्नुपर्ने गुरुङले जारी भोइस रेकर्डमा आह्वान गरेका छन्।
10 मिनटको भोइस रेकर्डमा गुरुङले सर्वप्रथम गत वर्ष सहिद हुनेहरूको लिएर भनेका
छन् –‘सबै-सबैले एउटा दियो बालेर सहिदहरूलाई श्रद्धाञ्जली दिउँ, किनभने सबैको
घरबाट एउटा दियो निभेको छ’उनले अझ आह्वान गर्दै भनेका छन् -‘उसको आत्माशान्तिका
निम्ति हामीले दियो बालौँ। उनीहरूले हाम्रो निम्ति ज्यान दिएका छन्। माटो र जातिका
निम्ति ज्या गुमाएका छन्।’
बङ्गालको कालो दिनलाई गोर्खाहरूले कहिल्यै बिर्सनु नहुने भन्दै उनले दुईचारजना
मानिसहरू पैसाको लालचमा बिक्री भएर जाति र माटो बेच्ने कार्य गरिरहेको पनि गुरुङले
आरोप लगाएका छन्। उक्त सम्पूर्ण कुरा कसैले बिर्सनु नहुने भन्दै सन् 1986 देखि
धेरैले ज्यान गुमाएको भन्दै उनीहरूले जीटीए रदागोपापको चौकिको निम्ति ज्यान
गुमाएको होइन पनि भनेका छन्।
‘जसबसम्म हाम्रो काम फत्ते हुँदैन तबसम्म हामी लडीरहनुपर्छ। एउटा विमल गुरुङ
मर्छ भने मरोस् तर, हजारौँ विमल गुरुङ जन्मनुपर्छ’ उनले भोइस रेकर्डमा अझ भनेका
छन्-‘कायर भएर होइन एकैक्षण बाँचो ईमान र ईज्जतले बाँचौँ।’
उनले आफ्नो भोइस रेकर्डमा विनय तामाङ र अनित थापाको नाउँ नलिइ जोडदार टिप्पणी
गर्दै आक्रोश पोखेका छन्। उनीहरूलाई ममता ब्यानर्जीसँग बिक्री भएको भन्दै ‘सहिदको रगतमा
टेकेर राजनीति गर्दैछौ, भोलिको दिनमा तिमीलाई गाड्ने चिहान पनि पाउन सक्दैनौँ। यो
मेरो सन्तानको कसम हो’ गुरुङले भनेका छन्। ‘17 तारिकको दिन एउटा दिलो बालेर अघि
बडौँ’ गुरुङले पुन: दोहोर्याएका छन्।
No comments:
Post a Comment