गफसफ.com, कालेबुङ
26 जुन।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता पीसी अग्रवालले खर्साङमा दिएको बयानलाई
लिएर पहाडको राजनीति गर्मिएको छ। उनको बयानलाई गोजमुमोले आपत्तिजनक भन्दै शान्ति
शृङ्खला भङ्ग गर्ने प्रयास गरिएको भन्दै माफी माग्नुपर्ने अथवा बयान फिर्ता
लिनुपर्ने माग गरिरहेको छ भने अर्कोतर्फ गोरामुमो पार्टीले उनको बचाउअ गरिरहेको छ।
यसैसन्दर्भमा आज कालेबुङका एक गोरामुमो नेताले पीसी अग्रवालको बचाव गरेका छन्।
‘पीसी अग्रवाल एकजना वरिष्ठ नागरिक हुनका साथै गोरामुमो
पार्टीका कार्यकर्ता हुन्। उनले आफ्नो क्षेत्रमा सामाजिक सुधारसँगै जनताका
कल्याणका निम्ति आफ्नो जीवन दिएका छन्। उनले दिएका बयान एक भावनात्मक मञ्चबाट
सिर्जना भएको हो तर, क्रोध अनि हिंसाको सन्दर्भमा भनेका होइनन्’ गोरामुमोका नेता सेबास्टिन प्रधानले भने। यो एउटा राजनैतिक
बयान हो अनि यसलाई नकारात्मक तरिकाले प्रस्तुत गर्नका साटो अथवा प्राथमिकी दर्ता
गर्नुको साटो राजनैतिक वैठकबाटै सुल्झाउन सकिनेथियो’ प्रधानले अझ भने।
प्रधानले अनित थापाद्वारा अग्रवालका छोरालाई फोनमार्फत् धम्काएको विषयमा पनि
कुराकानी गरे, जुन
फोन रिकर्ड अघिबाटै लिक समेत भइसकेको छ। ‘यदि अनित थापाद्वारा गरिएको फोन रिकर्ड लिक गरिन्छ भने त्यो
उनीहरूकैइ नोक्सानी हो’ सेबास्टिन प्रधानले भने।
स्मरण रहोस्, यसभन्दा अघि गोरामुमो नेता निरज जिम्बाले पीसी अग्रवालको बचाव गर्दै कुनै पनि
राजनैतिक दललाई माफी नमाग्ने अनि बयान फिर्ता नलिने घोषणा गर्दै कुनैपनि
परिस्थितिको समाना गर्न तयार रहेको घोषणा गरेका छन्। यसक्रममा उनले गोरामुमो
नेताले स्व. सुवास घिसिङको पार्थिव शरिरलाई अन्तिम संस्कारको निम्ति पहाडमा ल्याउन
नदिँदा पनि उनीहरूले कुनै प्राथमिकी दर्ता नगरेको स्मरण दिलाएका छन्। उनले कसैलाई
आताङ्कित गर्दा केवल पहाडी क्षेत्रमा नै अशान्त हुने बताएका छन्। यसक्रममा
गोरामुमो नेता सेबास्टिन प्रधानले जनतालाई राजनैतिक व्यक्तिबाट प्रभावित बनेर
आफैलाई स्वयमित बनाएर आफ्ना क्षेत्र,आ हिंसा अनि अशान्ति फैलाउने कार्य गर्न नहुने अपिल गरेका
छन्।
अर्कोतर्फ यता गोर्खा जनमुक्ति मोर्चाले गोरामुमो नेता पीसी अग्रवालको बयान
प्रति केन्द्रिय समितिले एउटा निष्कर्ष निकाल्ने प्रवक्ता भुवन खनालले बताएका छन्।
गोजमुमोले उक्त मुद्दालाई विचार विमर्शको साथमा अगाडी बडाउन चाहेको भन्दै
गोजमुमोले हिंसालाई कुनै स्थान नदिने गरेको स्पष्ट पारेका छन्। ‘अग्रवालको बयान अन्त्यै अस्वीकार्य छ’ खनाले अझ भने।
No comments:
Post a Comment