गफसफ.com, कालेबुङ 14 जुन।
कालेबुङ शहरलाई व्यवस्थित बनाउने कार्यलाई अघि सार्दै नगरपालिकाले ठाउँ-ठाउँमा
फ्लाईओभर निर्माण गर्ने परिकल्पना तयार गरिरहेको छ। जसको निम्ति आर्किटेक किरण
रसाईली अनि सुदीप तालुकदारलाई लिएर शहरको विभिन्न ठाउँहरूको भ्रमण गरेर ठाउँहरूको
निरिक्षण गर्ने कार्य गरेको नगरपालिका अध्यक्ष रवी प्रधानले जानकारी दिएका छन्।
दिनोदिन
शहरमा बड्दो भीड अनि स्कुले, पर्याटक साथै आम मानिसहरूलाई सुविधा प्रधान गर्नका
निम्ति नगरपालिकाले उक्त परिकल्पना तयार पारेको प्रधानले अझ बताएका छन्। यसरी
व्यवस्थित तरिकाले ठाँउ-ठाउँमा फ्लाइओभर निर्माण गर्न सके मानिसहरूलाई हिँड्नका
निम्ति सुविधा हुने भएकै कारण आर्किटेकलाई ब्लुप्रिन्ट तयार पार्न ठाउँहरू चिन्हित
गरिएको पनि उनले बताएका छन्। यसबारे आर्किटेकले ब्लुप्रिन्ट तयार पारेपछि त्यसलाई
नगरपालिकाको बोर्डले पारित गरेर सरकार समक्ष अनुमोदनको निम्ति पठाउने पनि
नगरपालिका अध्यक्ष रवी प्रधानले जानकारी दिएका छन्। अर्कोतर्फ उनले कालेबुङको थाना
डाँडा स्थित त्रिकोण पार्कलाई सुन्दरीकरण गर्ने अनि मेनरोडको दुवै छेउमा लगाइएका
रेलिङहरूलाई सुन्दर र व्यवस्थित बनाउनका निम्ति योजनाहरू तयार पारिएको पनि जानकारी
दिएका छन्।
No comments:
Post a Comment