गफसफ.com, कालेबुङ 18 जुलाई।
नाबालक दुष्कर्मको आरोपमा 55 वर्षिय मोहन प्रसाद दङ्गाललाई कालेबुङ
पुलिसले पक्राउ गरेको छ। उक्त घट्ना कालेबुङ शर नजिक एउटा गाउँमा भएको हो। आरोपी
मोहन प्रसाद दङ्गालले 11 वर्षिय नाबालकलाई दुष्कर्म गरेको आरोप लागेको छ।
प्राप्त
जानकारी अनुसार दङ्गाल परिवारले एक नाबालकलाई 4 वर्ष अघिदेखि उनीहरूकै घरमा राखेर
पालन पोषण र शिक्षा दिने कार्य गरिरहेका थिए। सोही नाबालकलाई मङ्गलबार साँझ
दुष्कर्म गरेको थाह पाएपछि पुलिसले उनलाई घरैबाट पक्राउ गरेको हो। पक्राउ पछि
नाबालकलाई स्वास्थ्य जाँचको निम्ति कालेबुङ जिल्ला अस्पतालमा पठाइएको छ भने आरोपी
विरुद्ध पोक्सो कानुन अन्तर्गत मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया सुरु गरिएको छ।
विशेष गरेर बाल सुरक्षा सम्बन्धि कार्य गर्दै आइरहेको बाल
सुरक्षा अभियान ट्रस्टलाई उनीहरूको सहायता केन्द्रको हेल्पलाइन नम्बर 1098 मा फोन आएपछि
ट्रस्टका कार्यकर्ताले आरोपीको घरमा गएर जाँच गर्दा नाबालकलाई दुष्कर्म गरेको
पाइएको थियो। उक्त घट्नापछि बाल सुरक्षा अभियान ट्रस्टका प्रविण तिरूवाले कालेबुङ
थानामा लिखित प्राथमिकी दर्ता गरेपछि पुलिसले आरोपी मोहन प्रसाद दङ्गाललाई पक्राउ
गरेको हो। जानकारी अनुसार उक्त नाबालक सिक्किम निवासी हुन् भने उनलाई दङ्गाल
परिवारले नै गत 4 वर्षदेखि उनीहरूकै घरमा राख्दै आइरहेको थियो।
No comments:
Post a Comment