गफसफ.com, सिलगडी 1 जुलाई।
उर्लिएको टिस्टा नदीमा बाघपुलबाट हामफालेर एकजना महिलाले आत्माहत्या गरेको खबर
रहेको छ। सिलगडीका बासिन्दा कुमकुम चौधरीले आईतबार दिउँसो एका-एक बाघपुलबाट
ओर्लिएको टिस्टामा हाम फालेर आत्माहत्या गरेकी हुन्।
अचानक टिस्टा नदीमा बाघपुलबाट
हामफालेर आत्माहत्या गरेको हल्ला फैलिपछि सनसनी मच्चिएको थियो। घट्नापछि पुलिसबल
आइपुगेको थियो। ओर्लिएको टिस्टा नदीमा खस्नसाथ उनलाई नदीले बगाएर लगेको छ। जसको
कारण शवबारे अहिलेसम्म कुनै पत्तो समेत लाग्न सकेको छैन। आत्माहत्याको कारणबारे
अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन भने पुलिसले जाँच गरिरहेको थाह लागेको छ।
No comments:
Post a Comment