गफसफ.com, दार्जीलिङ 20 जुलाई।
अहिलेघरी बनबासीहरूलाई वितरण गरिने पर्जा पट्टालाई
लिएर अनेकन् प्रतिक्रियाहरू चलिरहेको कारण तामाङले बिज्ञप्ति जारी गरेर स्पष्टिकरण
दिएका हुन्।
‘धेरैजना वनवासीहरूको पर्जा-पट्टासम्बन्धि काम भएको छैन भन्दैछ।
ती मानिसहरूको झूटो कुरामा विश्वास गर्नुभन्दा सम्बन्धित विभागमा गएर काम भएको छ-छैन
बुझिजिने अनुरोध गर्दछु’ उक्त कुरा जीटीए, बीओए अध्यक्ष विनय तामाङ एक प्रेस
बिज्ञप्ती जारी गरेर भनेका हुन्।
‘कतिपय संघ संस्थाहरूले सम्बन्धित विभागसित जोखाजोख नगरी
बाहिरबाटै विभिन्न प्रकारको प्रतिक्रियाहरू गरिरहेका छन्। उनीहरूलाई विभागसित
जोखाजोख गरेरमात्रै प्रतिक्रिया व्यक्त गर्ने अपील गर्दछौं’ विनय तामाङले अझ भनेका
छन् – ‘वनवासीहरूको पर्जापट्टाको निम्ति भेरिफिकेशन कार्य शुरू भइसकेको छ भने
भेरिफिकेशन पूर्ण हुनेहरूलाई पर्जापट्टाको पहिलो प्रक्रियास्वरूप टाइटल प्रदान
गरिने काम पनि भइरहेको छ।’ यसक्रममा उनले विभिन्न
ब्लकहरूमा सर्वे हुँदै चलिरहेको अनि सर्वेमा सबै आवश्यक दस्तावेज हुनेहरूको निम्ति
कागजपत्र वितरण गर्ने अनि दस्तावेज पुरा नहुनेहरूको पुन: भेरिफिकेशन गरिने पनि
जानकारी दिएका छन्।
‘दार्जीलिङ अनि कालेबुङ दुवै जिल्लामा मिलाएर जम्मा 168
फरेस्ट भिलेजहरू छन्। दार्जीलिङ अनि कालेबुङ दुवै क्षेत्र गरेर 19 वटा फरेस्ट
भिलेजहरू अपञ्जीकृत रहेका छन्। हालमा ती 19 अपञ्जीकृत फरेस्ट भिलेजर्शहरूलाई पनि
पञ्जीकरण गर्ने प्रक्रिया चलिरहेको छ। किनभने सबै फरेस्ट भिलेजर्शहरूलाई नछुट्याई
पर्जा- पट्टा दिलाउन जीटीए कटिवद्ध रहेको छ’ विनय तामाङले भनेका छन्। उनले सोशियल
मीडियामा कतिपय राजनैतिक स्वार्थप्रेरित मानिसहरूले विभिन्न प्रकारको विभ्रान्ति
फैलाइरहेको आरोप लगाउँदै फेसबूक अनि वाट्सएप सूचनाको निम्ति सही ठाउँ होइन भनि
बताएका छन्। ‘यदि साँचो जानकारी पाउनुछ भने सम्बन्धित विभागकहाँ गएर यस सम्बन्धि
कति काम भइसकेको छ सो जानकारी लिइदिने अनुरोध गर्दछु’ उनले भनेका छन्।
‘फरेस्ट राइट्स एक्ट भारतको संविधानभित्रको कुरा रहेको र
उक्त संविधानको विरूद्ध कोही जान सक्दैन। यसैले ज-जसको संविधानले अधिकार दिएको छ
उनीहरूले आफ्नो अधिकार अवश्यै पाउनेछन्। सही दाबी ज-जसको छ कसैले पनि दिन्न भन्नु
सक्दैनन्’ विनय तामाङले बनबासीहरूलाई अझ भनेका छन् - ‘संविधानले दिएको अधिकार मुताविक
फरेस्ट भिलेजर्शहरू सबैले आफ्नो अधिकार पाउनेछन्। कसैलाई पैसा दिने अथवा, कसैको राजनैतिक हतियार भइरहने वनवासीहरूलाई कुनै आवश्यकता
नै छैन।’
तामाङले जीटीए बनबासीहरूको मुद्दालाई लिएर अति नै गम्भीर
रहेको भन्दै उक्त विषयमा लगातार कार्य गरिरहेको पनि बताएका छन्। ‘सम्पूर्ण वनवासी
दाजु- भाई- दिदी- बैनीहरूलाई व्यर्थको अफवाह अनि भ्रामक कुराहरूको पछि नगएर
सम्बन्धित विभाग अनि जीटीएसमक्ष यी विषय़हरूमा खोजनीति गरी निश्चिन्त बसिदिने
अनुरोध गर्दछु’ विनय तामाङले भनेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा वनवासीहरूको पर्जापट्टाको
मुद्दालाई लिएर कसैलाई पनि दिग्भ्रमित अथवा मिस गाइड नभइ दिने अपील पनि गरेका छन्।
‘जीटीए,
दार्जीलिङ जिल्ला प्रशासन अनि पश्चिम बंगाल सरकारले यसको
प्रक्रिया धेरा अघिदेखि नै शुरू गरिसकेको छ’ तामाङले भनेका छन्। यसक्रममा तामाङले कालेबुङमा
12 वटा वनबस्तीहरूको कुल 276 वनवासीहरूको भेरिफिकेशन पूरा भइसकेको बताउँदै भेरिफिकेसन
भएका 276 वनवासीहरूलाई चाड़ै पर्जा-पट्टा प्रदान गरिने पनि जानकरी दिएका छन्।
No comments:
Post a Comment