गफसफ.com, कालेबुङ 2 जुलाई।
गोजमुमोका भूमिगत संस्थापक अध्यक्ष विमल गुरुङ अनि रोशन गिरी लगायत अन्यको
नाउँ भोटर लिस्टबाट हटाइएको विरोधमा जनताको नाउँमा पोस्टर देखा परेको छ। रातीको
समयमा कालेबुङको विभिन्न ठाउँहरूमा उक्त जनताको नाउँमा पोस्टर टाँसिएको हो।
दार्जीलिङ
जिल्ला चुनाव कार्यालयले भूमिगत नेता विमल गुरुङ, रोशन गिरी लगायत अन्य भूमिगत
नेताहरूको नाउँ मतदाता सूचीबाट काटिको खबर प्रकाशमा आएपछि विस्तारै यसरी विरोध सुरु हुन
थालेको छ। यस भन्दा अघि विमल गुरुङ आफैले मतदाता सूचीबाट आफु लगायत अन्य नेताहरूको
नाउँ काटिको सन्दर्भमा विरोध गर्दै सबैलाई यसबारे आवाज उठाउने अपिल पनि गरेका थिए।
जनताको नाउँमा टाँसिको पोस्टरमा बङ्गाल सरकारसँगै केन्द्र सरकारलाई पनि जवाब
देउ भनिएको छ। ‘हिज रोशन आज विमल अब भोलि मतदाता सूचीबाट कसको नाउँ हटाउने? बङ्गाल
सरकार जवाब देउ।’ पोस्टरमा अझ लेखिएको छ – ‘खाँटी भूमिपुत्रहरूको नाम बङ्गालले
कसरी मतदाता सूचीबाट हटाउँदैछ, केन्द्र सरकार जवाब देउ।’
मतदाता सूचीबाट यसरी नाम काटिएको घट्नालाई गोर्खाहरूलाई उच्छेद गर्ने षडयन्त्र
हो भन्दै घोर विरोध गरिएको छ। ‘गोर्खाहरूलाई आफ्नै बासभूमीबाट उच्छेद गराउने चालको
घोर विरोध गर्दछौँ – जनता’ –पोस्टरमा लेखिएको छ। उक्त घट्नालाई बङ्गालको कालो
नीतिको संज्ञा दिँदै केन्द्रसरकारको मौनताप्रति पनि प्रश्न उठाइएको छ। ‘बङ्गालको कालो
नीतिमा केन्द्र सरकार किन चुप छ। गोर्खा जातिलाई न्याय देउ’ पोस्टरमा लेखेका छन्।
अर्कोतर्फ जनताको नाउँमा सिलगडीको सुकुना क्षेत्रमा पनि पोस्टर देखा परेको छ।
उक्त पोस्टरमा पनि विमल गुरुङ, रोशन गिरी अदिको नाउँ मतदाता सूचीबाट हटाइएकोमा
विरोध गर्दै बङ्गाल अनि केन्द्र दुवै सरकारलाई जवा देउ भनिएको छ।
No comments:
Post a Comment