गफसफ.com, दार्जीलिङ 30 जुलाई।
खरसाङ महकुमा अधिनस्थ रहेका सेवक र सुकुना थानालाई सिलगढी
पुलिस कमिश्नरेटमा समावेश नगर्दिने अपिल गर्दै जीटीए, बीओए अध्यक्ष विनय तामाङले
राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका छन्।
विनय तामाङ, अध्यक्ष जीटीए बोर्ड (फाइल फोटो) |
उनले आज एक पत्रकार
सम्मेलनको आयोजना गरेर गत 24 जुलाईका दिन नै मुख्यमन्त्री ममता ब्यानर्जीलाई
यसबारे पत्र पठाएको आज जीटीए मुख्यालय लालकोठीमा पत्रकार सम्मेलन आयोजना गरेर
जानकारी दिएका हुन्।
मुख्य मन्त्री ममता ब्यानार्जीलाई लेखेको पत्र |
तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै गत 11 जुलाईका दिन
कुचबिहारमा सम्पन्न भएको प्रशासिनक वैठकमा मुख्यमन्त्री व्यानर्जीले सेवक र सुकुना
थानालाई सिलगढी कमिश्नरेटमा गाभ्ने घोषणा गरेपछि आफुले उक्त क्षेत्रहरू अहिलेकै
अवस्थामा राख्नुपर्ने अपिल गरेको बताएका छन्। यसबरे अघिबाटै पत्रचार गरेको भन्दै
उनले पत्रको प्रतिलिपी पनि सार्वजनिक गरेका छन्। यसैक्रममा उक्त विषयमा उनले आज
पुन: मुख्यमन्त्रीलाई यसबारे स्मरण गराएको पनि जानकारी दिएका छन्।
‘सेवक अनि सुकुना थानालाई
अहिलेकै अवस्थानमा राखिदिने अपिल गर्दै जीटीएको पक्षबाट पत्रचार गरेका छौँ’ विनय
तामाङले अझ भने –‘यी थाना क्षेत्रहरूमा पर्ने अतिरिक्त पुलिस अधीक्षक, महकुमा अधिकारी साथै आम
जनतालाई पनि अहिलेकै अवस्थानमा राखियोस् भनी मुख्यमन्त्री समक्ष ज्ञापनहरू पेश
गर्ने अपील गर्दछु।’
No comments:
Post a Comment