गफसफ.com, कालेबुङ 5 जुन।
राज्यसभा सांसद एवम् तृणमूल कङ्ग्रेस पार्टी कलेबुङ जिल्ला प्रभारी शान्ता
छेत्रीले अनि कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान माझ आज औपचारिक भेटवार्ता भएको
छ। नगरपालिका अध्यक्ष रवी प्रधानसँग भेट गर्न छेत्री आज उनकै कार्यालयमा पुगेकी
थिइन्। अघिबाटै समय निर्धारित गरिएको कारण आज दुई माझमा भेट घाट भएको हो। यस साथै
नगरपालिकाका अन्य नगरपार्षदहरूसँग पनि उनले भेटघाट गरेकी छन्।
कालेबुङ नगरपालिका कार्यालयमा भेटवार्ता गर्न पुगेकी राज्य सभा सांसद शान्ता
छेत्रीले आफ्नो पक्षबाट नगर विकासको निम्ति के कस्ता सहयोग गर्न सकिन्छ भन्ने
विषयमा कुराकानी गरेकी थिइन्। यसक्रममा उनले नगरपालिकामा भइरहेको विकास
कार्यहरूबारे जानकारी लिँदै आगमी दिनहरूमा आफ्नो पक्षबाट भरपुर सहयोग पुर्याउने पनि
बताएकी छन्। उनले नगरपालिका अध्यक्षसँग भेटघाटको निम्ति अघिबाटै समय मागेको कारण
नै भेटघाट गर्न आइपुगेको पनि जानकारी दिएकी छन्।
अर्कोतर्फ राज्यसभा सांसद अनि तृणमूल नेत्री शान्ता छेत्रीसँगको भेटघाटबारे रवी
प्रधानले बोल्दै भेटघाट विशेष कार्यलाई लिएर नभएको स्पष्ट पारेका छन्। उनले
कालेबुङ नगरपालिका जनताको कार्यालय भएको कारण सबैको निम्ति दैलो खुल्ला भएको भन्दै
आफुले सबैसँग भेट गर्ने गरेको पनि बताएका छन्। उनले राज्यसभा सांसद एवम् तृणमूल
नेत्री शान्ता छेत्रीसँगको भेटघाटमा मुख्यमन्त्रीको कालेबुङ भ्रमण अवधी विकास
कार्यहरू गर्ने घोषणा गरेको सन्दर्भमा पनि कुराकानी भएको बताएका छन्।
No comments:
Post a Comment