गफसफ.com, दार्जीलिङ 7
जुलाई।
गोर्खा जनमुक्ति मोर्चाका भूमिगत नेता विमल गुरुङले ‘साझा मञ्च’ गठनको
प्रस्ताव दिँदै शुक्रबार अडियो सन्देश जारी गरेपछि विनय तामाङले आफ्नो प्रतिक्रिया
दिएका छन्। गुरुङले शुक्रबार एक अडियो सन्देश जारी गरेर छुट्टै राज्य
गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउनका निम्ति साझा मञ्चको गठन गर्नुपर्ने पहाडका
सम्पूर्ण राजनैतिक दलहरूलाई अपिल गरेपछि तामाङले आफ्नो प्रतिक्रिया दिएका हुन्।
‘सत्ता गुमाएपछि जात भन्दा जाति ठुलो, पार्टी भन्दा माटो ठुलो भन्ने नेता बिमल गुरुङलाई पहिलो
प्रश्न - यति कुरा जान्ने मान्छेले आन्दोलनलाई किन जिटिएमा टुङ्गाएको?’ विनय तामाङले अडियो सन्देश सुनेपछि पहिलो प्रतिक्रिया दिएका छन्।
यसक्रममा उनले जनतालाई समस्यामा पारेर भागेका नेता विमल गुरुङले पहिला माफी
माग्नु समेत भनेका छन्। ‘जनतालाई लथालिङ्ग बनाएर भाग्ने नेताले जनतालाई अर्ती होइन
पहिला माफ माग्नु’ विनय तामाङले अझ भनेका छन् –‘आफू सत्तामामा हुँदा विपक्षका
नेताहरुलाई मान्छेसम्म नपुज्नेले अहिले आएर पस्ताएर के गर्नु?’
तामाङले गुरुङको अडियो सन्देश प्रति प्रतिक्रिया दिने क्रममा दार्जीलिङ पहाडमा
सधैँ सामुहिक आन्दोलनको कुरा गर्ने स्व. मदन तामाङको मृत्यु गुरुङकै समयमा भएको
पनि स्मरण दिलाएका छन्। उनले भनेका छन् –‘सामुहिक नेतृत्वको कुरा गर्न अघि सधैँ सामुहिक नेतृत्वको वकालत गर्ने मदन तामाङको
हत्या बिमल गुरुङ कै समयमा भएको कुरा जनताले बिर्सिको छैन।’
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउनका निम्ति यसभन्दा अघि 2013
मा गठन भएको गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटि र गोर्खाल्याण्ड मुभमेन्ट
कोअर्डिनेसन कमिटिको पनि तामाङले गुरुङलाई सम्झना दिलाएका छन्।‘2013 को आन्दोलनमा
गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटीको च्यापटर क्लोज भन्ने मान्छे पनि बिमल गुरुङ नै
थिए। 2017 मा पनि गोर्खाल्यान्ड मुभमेन्ट कोअडिनेसन कमिटीलाई बन्द
गर्नु खोज्ने बिमल गुरुङ नै हो’ विनय तामाङले भनेका छन्।
गोर्खाल्याण्ड आन्दोलनको निम्ति पहाडका सम्पूर्ण राजनैतिक दलहरूलाई सामुहिक
पहलका निम्ति ‘साझा मञ्च’ गठन गर्नुपर्ने विमल गुरुङको अपिललाई समयले पढाएको एउटा
गतिलो पाठ हो भनि विनय तामाङले अझ भनेका छन्। ‘समय कति बलवान् समयले मान्छेलाई सबै
पाठ पढाउछ भनेको ठिकै रहेछ। सत्तामा हुँदा सिंह झै गर्जिने नेता बिरालु झै म्याउँ
म्याउँ गरेको पनि सुनियो’ विनय तामाङले अपिल सम्बन्धि भनेका छन्।
उनले आफुहरू नयाँ सोंच र नयाँ विचारमा आएको नयाँ गोजमुमो हो भन्दै स्वास्थ्य
आलोचना गर्दै वौद्धिक आन्दोलन गरौँ भनि अपिल पनि गरेका छन्। ‘सबै समय सुहाउँदो
राजनिती गरौं, शुन्य
शत्रुता अप्नाउ, स्वास्थ
आलोचना गरौं र बौद्धिक आन्दोलन लडौँ। यो नयाँ गोजमुमोको नयाँ सोच हो’ विनय तामाङले
आखिरमा सबैलाई अपिल गर्दै भनेका छन्।
No comments:
Post a Comment