गफसफ.com, कालेबुङ 14 अगस्त।
कालेबुङ जिल्ला प्रशासनको आयोजनामा आज कन्याश्री दिवस पालन गरिएको
छ। यस अवसरमा कालेबुङ शहर संलग्न क्षेत्रका विद्यालयहरूका कन्याश्री लाभार्थीको
उपस्थितिमा शहरमा एउटा र्याली पनि सम्पन्न भएको थियो। कालेबुङ जिल्ला अधिकारी डा.
विश्वनाथले जिल्ला कार्यलय परिसरमा उक्त र्यालीलाई झण्डा देखाएर सुरुआत गरेपछि र्यालीले
कालेबुङ शहर परिक्रममा गरेर टाउन हलमा पुगेपछि एक कार्यक्रममा परिणत भएको थियो। यस
अवसरमा विद्यार्थीवर्गले कन्याश्री योजना सम्बन्धि लेखिएका विभिन्न प्ला कार्डहरू
पनि बोकेका थिए।
कन्याश्री विद्यार्थीवर्ग कार्यक्रममा प्रस्तुति दिंंदै |
कन्याश्री दिवसकि अवसरमा आज कालेबुङको थाना डाँडामा कन्या श्री
विद्यार्थीवर्गहरूले ट्राफिक नियमबारे चालकवर्गलाई सचेत बन्ने आह्वान गर्दै
ट्राफिन नियम पालन गर्ने अपिल पनि गरेका छन्। उनीहरूले ट्राफिक नियम पालन गर्ने
अपिल गर्दै वाहनहरूमा ‘सेभ ड्राइभ, सेफ लाईफ’ स्लोगान लेखिएका स्टिकरहरू वाहनमा
टाँस्ने कार्य गरेका थिए।
जिल्लापाल डा. विश्वनाथ प्रमाण पत्र तरण गर्दै |
अर्कोतर्फ दोस्रो चरणको कार्यक्रममा टाउन हलमा सम्पन्न भएको थियो।
यस अवसरमा कन्याश्री योजनका लाभार्थीहरू माझ सम्पन्न भएको विभिन्न प्रतियोगिताहरूमा
विजयी बनेका प्रतियोगिहरूलाई जिल्लापाल डा. विश्वनाथ, उप जिल्लापाल हरिशंकर
पाणीकर, जिल्ला पुलिस उप-अधिक्षक अतुल विश्वनाथ, जीटीए बोर्ड सदस्य सञ्चबीर सुब्बा
आदिको बाहुलीबाट प्रमाण पत्र वितरण गरिएको थियो।
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उप जिल्लापाल हरिशंकर
पाणीकरले स्वागत सम्बोधन राखेका थिए भने जिल्ला पुलिस उप-अधिक्षक अतुल विश्वनाथनले
शिक्षानै महत्वपूर्ण रहेको भन्दै कन्याश्री विद्यार्थीवर्गले शिक्षा प्राप्तिको
निम्ति जोड दिनुपर्ने आह्वान गरेका थिए। उनले समाजमा नारी तस्करी गर्नेहरूले
कन्याहरूलाई विभिन्न प्रलोभनहरू देखाउने कार्य गरेर फसाउने गरेको भन्दै शिक्षा
प्राप्तिले नै यस्ताहरूबाट बाँच्न सक्ने पनि बताए। ‘भोलिको स्वर्णीम भविष्य
बाँच्नका निम्ति आजका कन्याश्रीहरूले शिक्षा लिन आवश्यक छ’ उप-अधिक्षक अतुल
विश्वनाथनले भने।
अर्कोतर्फ कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका
जिल्लापाल डा. विश्वनाथले कालेबुङ जिल्ला गठन पछि कन्याश्री योजना सय प्रतिशत सफल
रूपमा सञ्चालन भइरहेको दाबी गर्दै आजका कन्याहरूनै भोलिका कर्णधारहरू हुन् भनेका
छन्। उनले कन्याश्रीहरूलाई जिल्ला प्रशासनको पक्षबाट हरेक प्रकारका सहयोग गर्न
आफुहरू तयार रहेको भन्दै भविष्यमा आजका कन्याहरूले कालेबुङ जिल्लाको नाउँलाई राज्य
अनि राष्ट्रमा नै रोशन गराउनुपर्ने आह्वान पनि गरेका छन्।
‘कालेबुङ जिल्लाका कन्याश्री लाभार्थीहरूलाई जिल्ला प्रशासन हरेक
प्रकारका सहयोग गर्न तत्पर छौँ। भविष्यमा उनीहरू कुनै पनि क्षेत्रमा अघि बड्न
चाहन्छन् भने जिल्ला प्रशासनले सहयोग गर्नेछ’ जिल्लापाल डा. विश्वनाथले भने।
यसैक्रममा उनले कन्याश्री लाभार्थीहरूलाई स्वनिर्भर बन्नका निम्ति जिल्ला
प्रशासनले स्वनिर्भर समुह निर्माण गरेर अघि बड्नका निम्ति सहयोग गर्ने कार्य
गरिरहेको पनि बताएका छन्।
No comments:
Post a Comment