गफसफ.com, सोनादा, 11अगस्त।
सोनादा डिग्री कलेजकका एनएसएस अनि एससीसी
क्याडेटहरूद्वारा वृक्ष रोपण सँगै सफाई अभियान गरिएको छ। कलेजका प्रा. पेञ्चुला
भोटिया, प्रा. सुशिला बराईली अनि प्रा. मेघनाथ छेत्रीको नेतृत्वमा उक्त कार्य
गरिएको हो। दुई सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कलेजका विद्यार्थीहरूद्वारा कलेज
परिसरमा विभिन्न प्रकारका वृक्ष रोपण सँगै सफाई अभियान चलाइएको हो। यसक्रममा
उनीहरूले पचेङ जाने बाटो अनि सोनादा प्राथमिक स्वास्थ्य
केन्द्र पनि सफाई गरेका छन्।
स्वच्छ परिवेश निर्माणको निम्ति थालिएको उक्त
सफाई अभियान अनि वृक्ष रोपणको कार्यक्रम आगमी स्वातन्त्रता दिवस सम्म चल्ने भएको
छ। यसक्रममा आगामी 13 अगस्तका दिन स्वच्छ अभियान र्याली पनि निकालिने भएको छ। मानिसहरूला
स्वच्छ पर्यावरणको सन्देश दिनका निम्ति उक्त र्याली निकालिने प्राचार्य डा. एल.पी
गुप्ताले जानकारी दिएका छन्।
No comments:
Post a Comment