गफसफ.com, कालेबुङ 11 अगस्त।
दार्जीलिङ हिल कङ्ग्रेसको आज कालेबुङमा वैठक सम्पन्न भएको
छ। वैठकमा पूर्व सांसद दावा नर्बुलाको विशेष उपस्थिति रहेको थियो। यहाँको दश
माईलमा सम्पन्न भएको वैठकमा वर्तमान पहाडको राजनैतिक स्थितिबारे चर्चा गरिएको
पूर्व सांसद दावा नर्बुलाले वैठकपछि जानकारी दिएका छन्।
‘दार्जीलिङमा जुन प्रकारको
राजनैतिक हावा चलिरहेको छ यसैलाई लिएर वैठकमा चर्चा गरेका छौँ’ दावा नर्बुलाले
भने। उनले वैठकमा कालेबुङ जिल्ला कङ्ग्रेस कमिटि गठनको विषयमा पनि चर्चा गरेको
जानकारी दिँदै चाँडै नै यसबारे एक टोलिले पश्चिम बङ्गाल कङ्ग्रेस कमिटि अनि
केन्द्र कङ्ग्रेस कमिटिलाई भेट गरेर चर्चा गर्ने पनि बताएका छन्।
वैठकपछि आगमी लोकसभा चुनावलाई लिएर पत्रकारहरूले सोधेको
प्रश्नको जवाबमा दावा नर्बुलाले वैठकमा चुनावबारे चर्चा नभएको बताउँदै यदि
कङ्ग्रेस पार्टीले चुनाव लडेको खण्डमा भूमीपुत्र प्रार्थी खडा गर्नुपर्ने माग पनि
गरेका छन्। ‘अहिले गठबन्धनको चर्चा चलिरहेको छ। यदि गठबन्धन भएर दार्जीलिङको आसान
कङ्ग्रेसलाई दिएको खण्डमा हामी यहाँकै भूमीपुत्र प्रार्थी हुनपर्छ भन्ने अडानमा
छौँ’ पूर्व सांसद दावा नर्बुलाले भने। यसक्रममा उनले दुईचोटी छुट्टै राज्य
गोर्खाल्याण्डको मुद्दामा भोट जितेर भाजपाको प्रार्थी संसदमा पुगे पनि उनीहरूले
गोर्खाल्याण्डबारे कुनै कार्य नगरेको आरोप लगाउँदै भूमिपुत्रले मात्र
गोर्खाल्याण्डको मागलाई संसदमा उठाउन सक्ने नर्बुलाले बताएका छन्।
अर्कोतर्फ आसम राज्यमा चलिरहेको एनआरसीको मुद्दाबारे
कङ्ग्रेस नेता शान्ति शर्माले त्यहाँ बस्ने गोर्खाहरूलाई कुनै समस्या हुन नहुने
माग गरेका छन्। एनआरसीको सूचीमा नाउँ समावेश नभएका मानिसहरूले पनि आफ्नो नागरिकता
प्रमाणित गर्नका निम्ति पर्याप्त समय पाउनुपर्ने माग गर्दै चाँडै एक टोलिले
दिल्लीमा गएर केन्द्रिय नेतृत्ववर्गसँग पनि यसबारे चर्चा गर्ने शर्माले बताएका छन्।
No comments:
Post a Comment