गफसफ.com, खर्साङ 4 अगस्त।
दार्जीलिङ, कालेबुङ अनि खरसाङका शहरका कतिपय क्षेत्रहरूमा हालमा टाइफोइड रोग फैलिरहेको कारण
मानिसहरूलाई सतर्कता अप्नाउने जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले अपिल गरेका छन्।
उनले यसबारे हालमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट स्वास्थ्य विभाग अनि
नगरपालिकाले सतर्कता गराएर निवारणको पक्षमा काम गरिरहेको पनि बताएका छन्। यसका
साथै दार्जीलिङका जिल्ला प्रशासनले पनि उक्त हैजाहरूको निवारणको दिशामा आफ्नो
तर्फबाट पदक्षेप शुरू गरिसकेको बताएका छन्।
अनित थापा (फाइल फोटो) |
‘गर्मीको मौसममा यस प्रकारको हैजाहरू फैलिरहने भएकोले गर्दा
जनसाधारण आफैले पनि यस प्रकारको हैजाहरूदेखि बाँच्नको निम्ति सतर्कता
अप्नाउनुपर्ने हुन्छ’ अनित थापाले अझ भनेका छन् –‘स्वास्थ्य नै धन हो भन्ने
ध्येयले जनसाधारण आफैले पनि आफ्नो स्वास्थ्यको ख्याल राखिदिने अनुरोध गर्दछु।’
उनले उक्त रोगको रोकथामका निम्ति जीटीएले हरसम्भव प्रयास
गरिरहेको बताउँदै विरामीहरूलाई उचित चिकित्सा उपलब्ध गराउनका निम्ति सरकारी
अस्पताल अनि स्वास्थ्य केन्द्रहरू सबैलाई सचेत पनि गराइएको बताएका छन्। ‘बिरामीहरूलाई
हरसम्भव दार्जीलिङमै यसको उफचार गराई स्वस्थ बनाउने दिशामा जीटीएले सबै प्रकारको
तयारीहरू पनि गरिसकेको छ’ अनित थापले भने।
No comments:
Post a Comment