गफसफ.com, सोनादा,11 अगस्त।
चिया श्रमिकवर्गको अधिकारका निम्ति आन्दोलनरत रहेको जोइन्ट फोरमको आयोजनामा नेहुर बालसन चियाकमानमा गेट मिटिङ सम्पन्न भएको छ। फोरमका संयुक्त संयोजक जे.बी तामाङ, सचिव अमर लामा, सीटु सदस्य तिलेन राई, गोरामुमोका धिरज राई, मञ्जिला तामाङ, किशोर कार्की आदिको उपस्थितिमा सम्पन्न सभामा चिया श्रमिकहरूको अधिकार हासिल नभएसम्म गणतान्त्रिक आन्दोलनलाई अघि बडाउने वक्ताहरूले बताएका छन्।

‘जबसम्म श्रमिकहरूले न्याय पाउँदैनन्
तबसम्म गणतान्त्रिक आन्दोलन जारी रहनेछ’ फोरमका सचिव अमर लामाले भने। उनले न्यूनतम
रोज ऐनको निम्ति चलेको आन्दोलनकै कारण अहिले वैठकको क्रम चलेको भन्दै आगमी 16
अगस्तका दिन पुन: वैठक हुने सम्भावना रहेको पनि लामाले बताएका छन्।
जोइन्ट फोरमको तर्फबाट अघिनै आगमी 15
अगस्तसम्मको अल्टिमेटम दिएको बताउँदै यदि 15 अगस्तसम्मका कुनै निर्णय नआए फोरमले
नयाँ कार्यक्रम गर्ने पनि अमर लामाले जानकारी गराएका छन्। उनले आगमी 16 अगस्तका
दिन हुनसक्ने सम्भावित वैठकमा न्यूनतम रोज सम्बन्धि चुढान्त निर्णय आउनसक्ने
सम्भावना रहेको बताएका छन्।
उनले चिया श्रमिकहरूका निम्ति 172 रूपियाँ
हाजिराको प्रस्तावलाई कदापी स्वीकार नगर्ने भन्दै कानुन अनुसार न्यूनतम रोज
पाउनुपर्ने माग राखेका छन्। यसैक्रममा सभालाई सम्बोधन गर्ने क्रममा जे.बी तामाङले
चिया कमानमा कार्यरत अस्थायी कर्मचारीहरूको निम्ति पत्ति 30 रूपियाँ देखि 40
रूपियाँ प्रति किलो पाउनुपर्ने माग पनि गरेका छन्। उनले वर्तमान समयमा महङ्गाईले
उचाईँ छोएको भन्दै पत्तिको दर पनि महङ्गाईको आधारमा तय हुनपर्ने माग गरेका छन्।
यसक्रममा उनले स्थायी श्रमिकवर्गले पाउने सम्पूर्ण प्रकारका सुविधाहरू अस्थायी
कर्मचारीवर्गले पनि पाउनु पर्ने माग गरेका छन्।
No comments:
Post a Comment