गफसफ.com, कालेबुङ
13 अगस्त।
‘हाम्रो जातीय आन्दोलन बर्गिय संघर्षसित मिलेको हुन्छ’ उक्त कुरा
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका अध्यक्ष आर.बी राईले भनेका हुन्। उनी
क्रामाकपा दार्जीलिङ आञ्चलिक समितिद्वारा सोनादाको स्कट मिशन प्राथमिक पाठशाला
भवनमा आयोजित राजनैतिक अनि सांगठनिक शिक्षा शिविरमा
भाग लिन विशेष रूपले आइपुगेका थिए। यसै अवसरमा उनले आफुहरूको लडाईँ वर्गभेदको हो
भन्दै त्यहीँ आन्दोलन जातिय उन्मुक्तिसँग जोडिएको बताएका हुन्।
‘हामीले गरेको जातिको आन्दोलन एक मुठी मानिस धनी बनाउन होइन। एक
मुठी धनी मानिसहरूले हक छिनिएकाहरुलाई निमुखा सोझाहरुलाई दबाउनेको विरुद्धको आन्दोलन
हो’ राईले भने। यसक्रममा उनले छुट्टै राज्य गठन पनि निश्चित हुने दाबे गरेका थिए। ‘अलग
राज्य हुन्छै हुन्छ। तर, कुनै स्वार्थ अर्जुनले चराको आँखा ताके जस्तै ताकिरहनु
पर्छ। घरि दागोपाप घरि जिटिए ताकेर हुँदैन’ आर.बी राईले सम्बोधन गर्दै भने।
उनले छुट्टै राज्य प्राप्तिको संघर्ष एक दिनमा पुरा हुने होइन
भन्दै यसको निम्ति धर्य र लगन दुवै हुनपर्ने पनि बताएका छन्। यसक्रममा विगत वर्षको
१०५ दिनको पहाड बन्द छुट्टै राज्य प्राप्तिको एउटा बामे सराई हो भन्दै आन्दोलनबाट
लडेपछि उठेर हिँड्नुपर्छ भनि बताएका छन्। उनले आन्दोलन अगणतान्त्रिक भए त्यसलाई
दबाउनलाई अन्य शक्तिहरू सक्रिय हुन्छ भन्दै आन्दोलनकारीहरूले लक्ष्य प्राप्तिको
निम्ति गणतान्त्रिक पक्षमा आन्दोलन गर्न अनिवार्य रहेको पनि बताएका छन्।
‘काट मारको आन्दोलनले केही हुँदैन। आन्दोलन गणतान्त्रिक अनि शान्तिपुर्न
गणतान्त्रिक रूपमा सहि राणनीति लिएर हुनपर्छ’ आर.बी राईले सबैलाई आह्वान गर्दै
भने।
No comments:
Post a Comment