गफसफ.com, गोवा 9 नोभेम्बर।
तिब्बती धर्मगुरु दलाई लामाले एकैसाथ दुईवटा विवादिद बयान दिएका छन्। एकापट्टि उनले राष्ट्रपिता महात्मा गाँधी, नेहरू अनि जिन्नाबारे आफ्नो विचार राखे भने अर्कोपट्टि चीनको साथ आफ्नो सम्बन्ध निर्धक्कसँग कुराकानी गरेका छन्। वुधबार गोवाको राजधानीमा आयोजित एक कार्याक्रमको अवधी दलाई लामाले भारत, चीन अनि तिब्बसँग जोडिएका धेरै विवादहरूबारे पनि आफ्नो विचार प्रकट गरेका छन्।
File Photo |
सबैभन्दा पहिला नेहरू-जिन्ना सम्बन्धि एउटा प्रश्नको जवाबमा अध्यात्मिक धर्मगुरु दलाई लामले महात्मा गाँधेले मोहम्मद अली जिन्ना देशको शिर्ष पदमा आसिन होस् भन्ने चाहेको तर, पहिलो प्रधानमन्त्री बन्नका निम्ति जवाहरलाल नेहरूले ‘आत्मा केन्द्रित रवैया’ अप्नायो भनि वयान दिएका छन्। यदि महात्मा गाँधीको पहिलो प्रधानमन्त्री मोहम्मद अली जिनालाई बनाउने विचारलाई स्वीकार गरिएको भए भारतको विभाजन नहुने पनि दलाई लामाले दाबी गरेका छन्। गोवा प्रबन्धन संस्थानको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै 83 वर्षिय वौद्ध धर्मगुरूले उक्त कुरा भनेका हुन्।
सही निर्णय लिनुपर्ने सम्बन्धमा एक छात्रले सोधेको प्रश्नको जवाब दिने क्रममा उनले भने – ‘मेरो विचारमा सामान्ती व्यवस्था भन्दा प्रजातान्त्रिक प्रणाली धेरै राम्रो हुनेगर्छ। सामान्ती व्यवस्थामा केही मानिसहरूको हातमा निर्णय लिनेको क्षमता हुने गर्छ जो एकदमै खत्रनाक हो’ उनले अझ भने – ‘अब भारतको तर्फ हेर्नुहोस्। मलाई लाग्छ कि महात्मा गाँधी जिन्नालाई प्रधानमन्त्रीको पद दिन धेरै इच्छुक थिए। तर पण्डित नेहरूले यसलाई स्वीकार गरेनन्।’
उनले अझ भने, -‘मलाई लाग्छ कि स्वंयलाई प्रधानमन्त्रीको रूपमा देख्नका निम्ति पण्डित नेहरूको आत्म केन्द्रित रवैया थियो।... यदि महात्मा गाँधीको सोंचलाई स्वीकार गरिएको भए भारत अनि पाकिस्तान एक हुने थिए।’ उनले अझ भने –‘म पण्डित नेहरूलाई एकदमै राम्रोसँग जान्दछु, उनी एकदमै अनुभवी अनि बुद्धिमानि व्यक्ति थिए। तर, कहिले-कहीँ गलतिहरू हुनेगर्छ।’
जिन्दगीमा सबैभन्दा ठूलो डरको सामान गर्नुपर्ने प्रश्नको क्रममा अध्यात्मिक गुरुले जब आफुलाई आफ्ना समर्थकहरूको साथ तिब्बतबाट निष्कासित गरिदिएको थियो त्यस समयको सम्झना गरे। उनले तिब्बत अनि चीन माझको समस्या बिग्रन्दै गइरहेको पुराना दिनको सम्झना गर्दै चीन अधिकारीवर्गको आक्रमक चरित्र दिनदिनै बडीरहेको सम्झिए। आखिरमा स्थितिलाई शान्त गर्ने सम्पूर्ण प्रयासहरूकै क्रममा 17 मार्च 1959 को रात त्यहाँ नबस्ने निर्णय लिएर त्यहाँबाट हिँडेको सम्झना पनि गरे।
तिब्बतबाट निष्कासित हुनुको पीँडा उनलाई आज पनि छ तर, तिब्बतमा चीनको दखललाई उनले बेग्लै प्रकारले सोंच्ने गरेका छन्। वौद्ध धर्मगुरुले ‘दलाई लामा’ नामको संस्था अब राजनैतिक रूपले प्रासङ्गिक छैन भन्दै पुरानो परम्परा जारी रहनुपर्छ अथवा पर्दैन भन्ने निर्णय तिब्बतका जनताले लिनुपर्ने पनि उनले बताएका छन्। चीन सरकार यस संस्थाको सम्बन्धमा राजनैतिक कारणहरूलाई लिएर उनको तुलनामा अधिक चिन्तित रहेको पनि उनले बताएका छन्।
14 औँ दलाई लामाले गोवा इन्टिट्युट अफ् म्यानेजमेन्टमा एक कार्यक्रमलाई सम्बोधन गर्दै भने – ‘1969 मा नै मैले दलाई लामाको यो संस्था जारी हुनपर्छ अथवा हुनुहुँदैन भन्ने औपचारिक रूपले बयान दिएको थिए। यो निर्णय गर्नु तिब्बतका मानिसहरूमा निर्भर गर्दछ।’
1989 मा नोबेल शान्ति पुरस्कारले सम्मानित भएका अध्यात्मिक धर्महुरुले लगभग एकघण्टाको सम्बोधन पछि छात्रहरूले गरेका प्रश्नहरूको पनि जवाब दिएका थिए। यसक्रममा उनले भने –‘ मलाई कुनै चिन्ता छैन। आजकल चीन सरकार मेरो तुलनामा धेरै ज्यादा चिन्तित छन्। राजनैतिक कारणहरूलाई लिएर चीन सरकार चिन्तित छन्।’
भविष्यको दलाई लामाको सम्बन्धमा उनले बिभिन्न वौद्ध परम्पराका सम्पूर्ण महान् नेतृत्ववर्ग नोभेम्बरमा तिब्बतमा वैठक गर्ने गर्दछ। यस नोभेम्बरमा उक्त वैठक हुने उनले बताउँदै पहिलो वैठकमा आफु 90 वर्षको पुगेपछि त्यसबेला सम्पूर्ण वौद्ध सम्प्रदायका महान् नेतृत्ववर्ग भविष्यको दलाई लामाको सम्बन्धमा निर्णय लिनेछ भनि निर्णय गरिएको पनि बताएका छन्।
No comments:
Post a Comment