गफसफ.com, रङबुल
17 सितम्बर।
रङबुल बजार फाटकमा
अवस्थित संकटमोचन सिध्दिबिनायक मंदिरमा दश
दिनव्यापी गणेश चतुर्थी पालन भइरहेको छ। यस अवसरमा दैनिक विविध धार्मिक कार्यक्रम
सम्पन्न भइरहेको छ। गत 13 सितम्बरका दिनदेखि आरम्भ भएको उक्त गणेश चतुर्थी आगमी 23
सितम्बरका दिन समापन हुने भएको छ।
रङबुलका बासिन्दा रित्विक
तामाङले सन् 2013 मा आफ्ना दिवङ्गत पिताको स्मृतिमा निर्माण गरिएको उक्त मन्दिरमा प्रत्येक
वर्षनै गणेश चतुर्थी पालन गर्दै आइरहेको छ। मन्दिर सञ्चालन सिमितीका सदस्य रुपेश
छेत्रीले दिएको जानकारी अनुसार समितिले धार्मिक कार्यक्रमहरुसँगै बिभिन्न सामाजिक
कार्यक्रमहरु पनि अर्दै आइरहेको छ। मन्दिरमा भक्तजनहरूले चढाएका भेटीलाई सङ्कला
गरेर मन्दिर सञ्चालन समितिले आर्थिक विपन्न परिवारका मानिसहरूको स्वास्थ्य जाँच
सँगै गाउँ समाजको विकासमूलक कार्यहरू पनि गर्दै आइरहेको छ।
हाल सम्पन्न भइरहेको पूजाकै
क्रममा भोलि 18 सितम्बरका दिन पुजा स्थल परिसरमा नै स्वास्थ्य जाँच शिविर पनि
आयोजना गरिने उनले जानकारी दिएका छन्। यसक्रममा गाउँका मानिसहरूले उक्त नि:शुल्क
स्वास्थ्य जाँच शिविरमा भाग लिइदिने पनि रूपेश छेत्रीले आह्वान गरेका छन्।
No comments:
Post a Comment