गफसफ.com,
कालेबुङ 11 सितम्बर।
शिक्षा रत्न पुरस्कारले सम्मानित कुमुदिनी विद्याश्रमका
शिक्षक प्रभारी वाई.एस घिसिङलाई आज सम्वर्द्धना जनाइएको छ। विद्यालयका पूर्व छात्र
सङ्गठन कुमुदिनी परिवार, शिक्षकवर्ग अनि विद्यार्थीवर्गले संयुक्त रूपमा एक
कार्यक्रम आयोजना गरेर सम्वर्द्धना जनाइएको हो।
कुमुदिनी विद्याश्रमको धर्म हलमा आयोजित कार्यक्रममा मुख्य
अतिथिका रूपमा विद्यालय सञ्चालन समितिका अध्यक्ष नोर्देन लामा उपस्थित रहेका थिए।
यस अवसरमा गत 5 सितमबरका दिन कोलकोतामा राज्यस्तरीय शिक्षा रत्न पुरस्कारले
सम्मानित वाई.एस घिसिङलाई अङ्गवस्त्र ओढाएर, स्मृति पत्र प्रदान गरि सम्वर्द्धना
जनाइएको थियो।
कार्यक्रममा कालेबुङका विभिन्न विद्यालयका प्रतिनिधीवर्गले पनि
उपस्थित रहेका थिए भने उनलाई अन्य विद्यालयका प्रतिनिधीवर्गले पनि सम्मान जनाएका छन्।
कार्यक्रममा विद्यार्थीवर्गद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत
गरिएको थियो।
No comments:
Post a Comment