गफसफ.com, कालेबुङ २5
सितम्बर।
कालेबुङ शहरलाई सफा अनि स्वच्छ बनाएर राख्नका निम्ति
नगरपालिकाले शहरमा लगाएका पोस्टर, ब्यानर, होर्डिङ लगायत राजनैतिक पार्टीको
झण्डाहरू समेत निकाल्ने कार्य आरम्भ गरेको छ।
कार्यक्रमलाई लिएर शहरका विभिन्न स्थानहरूमा लगाएका
ब्यानरहरू कार्यक्रम समापन भएको तीन दिनभित्रमा हटाउनुपर्ने कालेबुङ नगरपालिकाले
निर्देश दिए पनि आजसम्म कसैले पनि शहरमा लगाएका ब्यानर, पोस्टर तथा झण्डाहरू
हटाउने कार्य नगरेपछि आखिरमा नगरपालिकालेनै सफाई अभियान सुरु गरेर हटाउने कार्य
गरेको हो।
‘हामी कालेबुङ शहरलाई स्वच्छ अनि सुन्दर बनाउन चाहन्छौँ।
यसैकारण स्वच्छ भारत अभियान अनुसार शहरको विभिन्न ठाउँहरूमा लगाएका ब्यानर, पोस्टर
आदि हटाउने कार्य सुरु गरेका हौँ’ नगरपालिका अध्यक्ष रवी प्रधानले भने।
No comments:
Post a Comment