गफसफ.com, दार्जीलिङ ३ सितम्बर।
‘पञ्चरत्न प्रधानको दुखद निधनले सम्पूर्ण पहाडले विश्वसनीय अभिभावक
गुमाएको छ’ विमल गुरुङले भनेका छन्। यसक्रममा गुरुङले प्रधानले पहाडको शैक्षिक
जगतमा एउटा बटवृक्ष रहेको पनि बताएका छन्। ‘उनी पहाडको शैक्षिक जगतमा एउटा ठूलो
बटवृक्ष हिए। उनको मृत्युमा पहाडले एउटा आदर्श अभिभावक, राजनीतिज्ञ अनि शिक्षाविद
गुमाएको छ’ विमल गुरुङले विज्ञप्तिमा भनेका छन्।
कालेबुङ एस.यु.एम.आईका पूर्व प्राचार्य एवम् पूर्व
दार्जीलिङ जिल्ला सभाधिपति पी.आर प्रधानको मृत्यु प्रति भूमिगत नेता विमल गुरुङले
विज्ञप्ति जारी गरेर समवेदना प्रकट गरेका छन्। उनले पी.आर प्रधानको मृत्युलाई पहाडले
एउटा विश्वसनीय अभिभावक गुमाएको भन्दै उनको मृत्युले आफुलाई गहिरो दुखको अनुभुति
भएको बताएका छन्।
विमल गुरुङ - फाइल फोटो |
‘आज मलाई गोर्खा आकासबाट एउटा तारा झरेर गएको अनुभूति भइरहेक
छ’ गुरुङले थप भनेका छन्।
No comments:
Post a Comment