गफसफ.com, दार्जीलिङ २८ सितम्बर।
गोर्खा
समुदायका 11 जातगोष्टिलाई केन्द्र सरकारले जनजातिको मान्यता दिनै लागेको भूमिगत
नेता विमल गुरुङले दावी गरेपछि अहिले मानिसहरू अन्योलमा परेका छन्। गुरुङको दावी
लगत्तै यता विनय तामाङले प्रेस विज्ञप्ति जारी गरेर आरटीआई रिपोर्ट सार्वजनिक
गर्दै गुरुङको दावी झुटो रहेको दाबी गरेका थिए। यता तामाङको वयान पछि विमल गुरुङको
बचाउको पक्षमा भूमिगत नेरा रोशन गिरी अघि आएका छन्। गिरीले एक प्रेस विज्ञप्ति जारी
गरेर उल्टै विनय तामाङले झुटो बयान दिएको आरोप लगाएका छन्।
जनजातिको
मुद्दामा विमल गुरुङको बचाउ गर्ने रोशन गिरीले विनय तामाङप्रति निकै आक्रमक बनेर
बयान दिएका छन्। यसक्रममा उनले आफुहरू भागेको होइन भन्ने दाबी समेत गरेका छ।
‘१०५
दिनको आन्दोलनले दिएका घाउहरू अनि १३ जना शहीदको रगतले लत्पतिएको कुर्सीमा बसेर
बिनय तामाङले गोर्खा जातिलाई सम्बोधन गर्नु भनेको बिनय तामाङको महत्वकाङ्क्षाले
गोर्खा जातिको भाग्य कुल्चिएर नाङ्गो नाच नाच्नु हो’ रोशन गिरीले प्रेस
विज्ञप्तिमा अझ भनेका छन् ‘हामी भागेको होइन, हामीले आफुलाई बङ्गालको
षडयन्त्रबाट सुरक्षित राखेर गोर्खाको भविष्य र मुद्दालाई जोगाएको हो। बङ्गाल
सरकारले हामी विरुद्ध पुलिस प्रशासनको गलत प्रयोग गरेर आन्दोलन दबाउन चाहन्छ,
जबकी
हामीलाई जुन मुद्दा लागेको छ त्यही एवं त्यस्तै मुद्दाहरु लागेको बिनय तामाङलाई
भने सत्तामा राखेको छ।’
गिरीले
जारी विज्ञप्तिमा गोर्खा समुदायका जात गोष्ठिलाई अनुसूचित जनजाति बनाउने विषयमा
विनय तामाङको बयानको भ्रमपूर्ण रहेको पनि आरोप लगाएका छन्। ‘गोर्खा जातिलाई
अनुसूचित जनजाति बनाउने विषयमा बिनय तामाङले भ्रमको खेति गर्नु लाजमर्दो विषय हो। बिनय
तामाङले सार्वजनिक गरेको थामीको आटीआईको जवाबमा नै केन्द्र सरकारको सकारात्मक
मनसाय स्पष्ट छ’ रोश गिरीले अझ भनेका छन् –‘त्यहाँ नढाँटी भनिएको छ कि दुइ पटक
प्रस्तावलाई आरजीआइले अवलम्बन गरेन तर जब सिक्किम अनि गोर्खा प्रभावित राज्य तथा
क्षेत्रहरूका भुजेल, गुरुङ,
मंगर,
नेवार,
जोगी,
खस,
राई,
सुनुवार,
थामी,
याखा
(देवान) अनि धिमाललाई अनुसूचित जनजाति दर्जा दिने कमिटी गठन भयो तबदेखि विषय
विचाराधीन छ भन्ने आशयमा यस कमिटीको रिपोर्टलाई पर्खिएको अवस्था भएको आरटीआईमा
जानकारी दिइएको छ।’
यसैक्रममा
रोश गिरीले ‘केन्द्र सरकारले गम्भीरतासाथ पदक्षेप नलिएको आरोप लगाउनु अनि भाजपाले गोर्खाहरूको निम्ति कुनै सहानुभूति
राखेको छैन भन्नु’ विनय तामाङको केवल आँखामा धूलो हाल्ने राजनीति हो भनि आरोप
लगाएका छन्।
No comments:
Post a Comment