गफसफ.com, कालेबुङ २6 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाले आगमी फुलपातीको दिन कालेबुङमा
भव्यताको साथ ‘फुलपाती शोभायात्रा’ निकाल्ने भएको छ। यसबारे गोजमुमो कालेबुङ
जिल्ला समितिका प्रवक्ता भुवन खनालले जानकारी दिएका छन्। उनले नेपालीहरूको महान
चाँढ दसैँमा जातिय एकताको रूपमा फूलपाती शोभयात्रा निकालिने पार्टीले तय गरेको पनि
जानकारी दिएका छन्।
भुवन खनालले एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त फूलपाती
शोभयात्राको निम्ति ‘फूलपाती महोत्सव समिति’ गठन गरेको जानकारी दिँदै उक्त दिन
सम्पूर्ण संघ संस्था अनि व्यक्ति विशेषहरू जातिय एकताको रूपमा पालन गरिने फूलपाती
सोभायात्रामा सामेल भइदिने अपिल पनि गरेका छन्।
‘गोर्खा जातिको महान पर्व दसैँको शुभ अवसरमा आगामी
फूलपातीको दिनलाई जातिय एकतारूपमा पालन गर्ने निर्णय लिएका छौँ। उक्त दिन हामी
सम्पूर्ण मानिसहरूलाई एकवद्ध बनेर फुटेर होइन जुटेर आफ्नो जातिय चाँड पालन गरौँ
भन्ने अपिल पनि गर्दछौँ’ भुवन खनालले भने। उनले यसैक्रममा प्रत्येक वर्ष कालेबुङमा
फुलपाती शोभायात्राको आयोजना गर्ने गोर्खा संस्कृति संरक्षण समितिसँग पनि तालमेल
राख्ने बताउँदै कालेबुङमा फूलपाती शोभायात्रालाई जातिय एकताको रूपमा पालन गर्न
आगमी 2 अक्टोबरका दिन कालेबुङका सम्पूर्ण संघ संस्थाहरूलाई निम्ताएर एउटा सभा
आयोजना गरिने पनि खनालले जानकारी दिएका छन्।
No comments:
Post a Comment