गफसफ.com, नयाँ
दिल्ली, २३ सितम्बर।
यसै अवसरमा
प्रधानमन्त्रीद्वारा छाइबासा अनि कोडर्मामा मेडिकल कलेजको निम्ति शिलान्यासको फलक
पनि अनावरण गरियो। यसै गरी १० वटा स्वास्थ्य
एवं आरोग्य केन्द्रको पनि उद्घाटन प्रधानमन्त्रीद्वारा गरियो।
प्रधानमन्त्री नरेन्द्र
मोदीद्वारा आज झारखण्डको राजधानी राँचीबाट आयुष्मान भारत-प्रधानमन्त्री जन आरोग्य योजनाको शुभारम्भ गरेका छन्। विराट्
जनभेलाबीच मञ्चबाट पीएमजेएवाईको शुभारम्भ गर्नअघि प्रधानमन्त्रीद्वारा योजनाको
सम्बन्धमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका थिए।
यस अवसरमा बोल्दै प्रधानमन्त्रीले
समाजका गरीबभन्दा गरीबका साथै वञ्चित वर्गलाई गुणस्तरीय स्वास्थ्य स्याहार अनि
उपचार सुनिश्चित गराउने दूरदृष्टिका साथ योजना शुरु गरिएको बताए।
योजना अन्तर्गत प्रत्येक
परिवारलाई वार्षिक पाँच लाखसम्मको स्वास्थ्य बीमा सुरक्षा प्रदान गरिने र यसले देशका
५० करोड जनसङ्ख्यालाई समेट्ने हुँदा सरकारद्वारा सञ्चालित विश्वकै विराट्
स्वास्थ्य सुरक्षा योजना हुने उनले बताए।
योजना अन्तर्गत
लाभार्थीहरूको सङ्ख्या युरोपीय सङ्घको कूल जनसङ्ख्या अथवा अमेरिका, क्यानाडा अनि मेक्सिकोको कूल जनसङ्ख्या बराबर हुने
उनले जानकारी दिए।
आयुष्मान भारतको प्रथम चरण
अन्तर्गत स्वास्थ्य एवं आरोग्य केन्द्रको उद्घाटन बाबा साहेब अम्बेडकरको जन्म
जयन्तीको अवसरमा शुरु गरिएको र दोस्रो चरण अन्तर्गत सुनिश्चित स्वास्थ्य योजना
दीनदयाल उपाध्यायको जन्म जयन्तीभन्दा दुई दिनअघि शुभारम्भ गरिएको पनि उनलेबताए।
एमजेएवाई कति विस्तृत छ
भन्ने कुरा वर्णन गर्दै उनले यस अन्तर्गत क्यान्सर अनि हृदयसम्बन्धी रोग जस्ता
गम्भीर बिमारीसहित १३ सय वटा बिमारी यसले समेट्ने जानकारी दिए। योजना अन्तर्गत निजी अस्पतालहरू पनि सहभागी रहने उनले
बताए।
पाँच लाख रुपियाँको बीमा सुरक्षा
अन्तर्गत सबै परीक्षण अनि जाँच, औषधि, अस्पतालमा भर्ना हुनअघिका खर्च आदि सबै समेटिने
जानकारी दिए। यसका साथै पुराना बिमारीहरू
पनि समेटिने उल्लेख गर्दै यस योजनाबारे जानकारी १४५५५ मा फोन गरेर अथवा साझा सेवा
केन्द्रबाट हासिल गर्नसकिने बताए।
पीएमजेएवाईमा सहभागी
राज्यका बासिन्दाहरूले ती कुनै पनि राज्यमा यस योजनाको लाभ उठाउनसक्ने प्रावधान
रहेको पनि अवगत गराए। देशका १३ हजारभन्दा धेरै
अस्पताल योजनाअन्तर्गत आबद्ध बनेको पनि उनले जानकारी दिए।
आज उद्घाटन गरिएको १० वटा
स्वास्थ्य एवं आरोग्य केन्द्रबारे पनि उनले मन्तव्य राखे। यस्ता केन्द्रहरूको सङ्ख्या देशभरी २३ सय पुगिसकेको
र आगामी चार वर्षभित्र यस्ता डेढ लाख केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए।
देशको स्वास्थ्य क्षेत्रमा
सुधार ल्याउन केन्द्र सरकारले सर्वव्यापी पहलका साथ काम गरिरहेको पनि प्रधानमन्त्रीले
बताए। दुवै ‘सुपथ स्वास्थ्य स्याहार’ तथा ‘रोकथाममूलक स्वास्थ्य स्याहार’ माथि ध्यान केन्द्रित गर्दै सरकारले काम गरिरहेको बताए।
पीएमजेएवाईमा संलग्न सबैको
प्रयासका साथै चिकित्सक, परिचारिका, स्वास्थ्य स्याहार प्रदाता, आशा, एएनएम आदिको सहयोगमा यो
योजना सफल हुने कुरामा विश्वस्त रहेको पनि प्रधानमन्त्रीले बताए। (पीआइबी)
No comments:
Post a Comment