गफसफ.com, कालेबुङ
15 सितम्बर।
स-सना नानीहरू, किशोर अनि
युवाहरूलाई खेलप्रति अग्रसर गराउने उद्देश्यले छिबो ताईक्वाण्डो प्रशिक्षण
केन्द्रको उद्घाटन गरिएको छ। विशेष गरेर स-साना नानीहरूलाई खेलप्रति आकर्षित गराउन
अनि कुलतहरूबाट बचाउँनका निम्ति उक्त प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको हो।
कार्यक्रमका विशिष्ट अतिथिका
रूपमा उपस्थित रहेका एस एस प्रधान अनि आनन्द प्रधानको बाहुलीबाट उक्त प्रशिक्षण
केन्द्रको उद्घाटन गरिएको छ। कार्यक्रमको शुरूवातमा मुख्य अतिथि एस थोक्करको
बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरिएको थियो। यस अवसरमा कार्यक्रममा विभिन्न
सङ्घ-संस्थानका पदाधिकारीहरू अतिथिको रूपमा उपस्थित रहेका थिए भने
प्रशिक्षणार्थीहरूले ताईक्वाण्डो प्रदर्शन गरेका थिए।
उक्त प्रशिक्षण केन्द्रको
उद्घाटन पछि प्रशिक्षणार्थीहरूले प्रदर्शनी पनि देखाएका थिए। यसक्रममा उनीहरूले
ताईक्वाण्डोका एकाधिक मुभहरूको प्रदर्शनी देखाइएको थियो भने प्रशिक्षकवर्गले पनि प्रशिक्षणार्थीहरूलाई
विभिन्न मुभहरू देखाएका थिए।
केन्द्रको पक्षमा डा. सुवास
सितलिङले प्रत्येक शनिबार अनि आइतबार छिबोको ग्लेन कम्यूनिटी हलमा ताईक्वाण्डो
प्रशिक्षण दिइनेछ भने यसको मुख्य उद्देश्य नानीहरूलाई कुलतमा फस्नबाट जोगाएर सही
दिशातर्फ अग्रसर गराउनु रहेको बताएका छन्। अहिले सुरुमा एकसय भन्दा अधिक नानीहरूले
उक्त प्रशिक्षणमा भाग लिएको भन्दै उनीहरूबाट राष्ट्रिय स्तरका खेलाडीहरू समेत
जन्माउने उद्देश्य रहेको बताएका छन्।
‘खेल खेलको निम्ति मात्र
होइन तर स्वास्थ्यको निम्ति पनि राम्रो हो। यसका साथै यसले हामीलाई कुलतबाट समेत
बचाउँछ भने खेलबाट हामीमा आत्मियताको भावना पनि जागृत गराउँछ। हामी नानीहरूलाई खेल
मार्फत् सामाजिक भावनाको शिक्षा समेत दिनेछौँ’ डा. सुवास सितलिङले भने।
No comments:
Post a Comment