___________________________________नरेन्द्र मोदी, प्रधानमन्त्री,
भारत।
हामी पूजनीय बापूको १५० औं जन्मजयन्ती पालन गर्न गइरहेका
छौं| उनी समान, मर्यादापूर्ण,
समावेशी अनि सशक्त जीवनको चाहना राख्ने विश्वका लाखौं लाख
मानिसहरूको निम्ति आशाका किरण हुन्| मानव समाजमा उनले जुन
प्रभाव छोडे, त्यसका कमै मात्र समानान्तर छन्|
महात्मा गान्धीले भारतलाई आफ्नो विचार अनि कार्यले
अक्षरशः रूपमा जोड्ने काम गरे| सरदार पटेलले भनेका थिए,
‘भारत विविधताले भरिएको देश हो| यस प्रकारको
विविधता भएको सायदै अरू ठाउँ होला| यदि यी सबैलाई एकजुट
गराउने, मानिसहरूलाई आफ्नो मतभेददेखि माथि उठ्ने, उपनिवेशवाद विरुद्ध लड्ने अनि वैश्विक परिदृश्यमा भारतको दर्जा बढाउने
यदि कुनै व्यक्ति थिए भने उनी महात्मा गान्धी हुन्| अनि
उनले यो काम भारतबाट नभएर दक्षिण अफ्रिकामा हुँदै शुरु गरेका थिए| बापू भविष्यद्रष्टा थिए र था बृहत्तर परिप्रेक्ष्य बुझ्न सक्थे| उनी आफ्नो अन्तिम साससम्म आफ्नो सिद्धान्तप्रति कटिबद्ध रहे|’
एकाइसौं शताब्दीमा, महात्मा
गान्धीका विचारधारा उनको समयमा जति नै सापेक्ष छ भने विश्वले झेलिरहेका अनेकौं
समस्याको समाधान त्यसमा पाउन सक्दछौं| आतङ्कवाद, कट्टरवाद, उग्रवाद तथा निरर्थक घृणाले राष्ट्र अनि
समाजहरूलाई विभाजित गरिरहेको समयमा महात्मा गान्धीको शान्ति र अहिंसाको आह्वानले
मानवतालाई एकसूत्रमा बॉंध्ने क्षमता राख्दछ|
असमानता सामान्य रहेको समय बापूको समानता अनि समावेशी
विकासमाथिको जोडले सीमान्तकृत लाखौं लाख मानिसहरूलाई समृद्धिको दिशा प्रदान गर्नसक्दछ|
जलवायु परिवर्तन अनि पर्यावरण क्षय चर्चाको केन्द्रिय
विषय बन्दै गएको समयमा विश्वले गान्धीवादी विचारधारालाई सन्दर्भको रूपमा लिनसक्दछ|
करिब एक शताब्दीअघि, सन् १९०९ मा, उनले मानवको आवश्यकता र लोभबीच अन्तर छुट्याएका थिए| प्राकृतिक संसाधन उपयोग गर्दै दुवै प्रकारकाले संयम र संवेदना कायम
गर्नुपर्ने आह्वान जनाउँदै स्वयंले पनि यस उदाहरणका साथ जिउने बाटो देखाए| पानी कमै मात्र खेर फाल्ने सुनिश्चित गर्दै अहमदाबादमा हुँदा फोहोर पानी
साबरमति नदीमा नमिसिने सुनिश्चित गर्न उनले जोडदार पहल गरेका थिए|
केही समयअघि महात्मा गान्धीद्वारा लेखिएको विस्तृत अनि
संक्षेप दस्तावेजमाथि मेरो नजर पर्यो| सन्
१९४१ मा बापूले, ‘रचनात्मक कार्यक्रम ः यसको अर्थ अनि स्थान’
नामक दस्तावेज लेखे, जसलाई उनले स्वतन्त्रता
आन्दोलन नयॉं जोशका साथ शुरु हुँदा सन् १९४५ मा संशोधित गरेका थिए| उक्त दस्तावेजमा बापूले अन्य विषयका साथमा ग्रामीण विकास, कृषि क्षेत्रको सुदृढिकरण, स्वच्छताको विस्तार,
खादीलाई प्रोत्साहन, महिला सशक्तिकरण, आर्थिक समानता जस्ता विविध विषयमा चर्चा गरेका छन्|
म मेरा भारतवासीलाई गान्धीजीको ‘रचनात्मक कार्यक्रम’ (यो दुवै अनलाइन अनि अफलाइन
उपलब्ध छ) एकपटक पढेर भारतलाई कसरी बापूको सपनाको हिसाबले निर्माण गर्नसकिन्छ
भन्ने मार्गदर्शन लिन आह्वान जनाउन चाहन्छु| रचनात्मक
कार्यक्रममा कैयौं विषय आजको दिनमा पनि सान्दर्भिक ठहर्दछ र भारत सरकारले पूजनीय
बापूजीद्वारा सात दसकअघि उठान गरिएका तर पूरा नभएका बुँदाहरूलाई साकार तुल्याउने
काम गरिरहेको छ|
गान्धीजीको व्यक्तित्त्वको खूबै सुन्दर पक्ष के छ भने
उनले प्रत्येक भारतीयलाई उनीहरू भारतको स्वतन्त्रताको निम्ति खटिरहेका छन् भन्ने
बोध गराए| उनले शिक्षक, अधिवक्ता,
चिकित्सक, कृषक, श्रमिक,
उद्यमी, जो कसैले जे गरिरहेका छन्, त्यसैबाट भारतको स्वतन्त्रता सङ्ग्राममा योगदान पुर्याइरहेका छन् भन्ने
आत्मविश्वास दिलाए|
सोहीअनुरूप, आज
गान्धीजीको सपनालाई साकार तुल्याउन जहॉं कहींबाट काम ती बुँदाहरूलाई अप्नाउँदै
गर्नसक्दछौं| यो कुरा खाना खेर नफाल्नेदेखि लिएर अहिंसा अनि
सौहार्दता बढाएर पनि शुरु गर्नसक्दछौं|
हाम्रो कार्यले कसरी भावी सन्ततिका लागि स्वच्छ अनि हरित
पर्यावरणको निम्ति योगदान पुर्याउन सक्दछौं भन्ने सोचौं|
करिब आठ दसकअघि, हालको जस्तो प्रदूषणको खतरा
नभएको समय, महात्मा गान्धीले साइकलको प्रयोगलाई बढावा दिएका
थिए| अहमदाबादवासीले गान्धीजीलाई गुजरात विद्यापीठबाट
साबरमति आश्रमसम्म साइकल चलाएर जाने गरेको देख्ने गर्थे| वास्तवमा,
मैले पढे अनुसार, दक्षिण अफ्रिकामा
मानिसहरूलाई साइकल चलाउनमाथि बन्देज लगाउने कानुन विरुद्ध गान्धीजीले प्रथमपटक
प्रतिवाद जनाएका थिए| सम्भ्रान्त ब्यारिस्टरको पेशा भए तापनि
गान्धीजी हैजाग्रस्त जोहन्सबर्गमा साइकलद्वारा यात्रा गर्ने गर्थे भने बढी
प्रभावित इलाकाहरूमा गई राहत कार्यमा आफूलाई पूर्णरूपले समर्पित गर्ने गर्थे|
के हामी आज त्यस्तै भावको अनुकरण गर्नसक्छौं?
चाड-पर्वका दिनहरू नजिक आउँदैछन् भने भारतवासी देशभरी
नयॉं कपडा, उपहार अनि खाद्यवस्तुका साथमा अनेकौं
सौदापात गर्नेछन्| त्यस समय हामीलाई गान्धीजीले दिएको
गुरुमन्त्र स्मरण गर्न उपयुक्त ठहरिनेछ| हामीले हाम्रो
कार्यद्वारा अन्य भारतीयको जीवनमा कसरी समृद्धिको प्रकाश छर्नसक्नेछौं भन्ने
कुरामाथि मनन गरौं| चाहे त्यो खादीका उत्पाद होस् वा त्यस्तै
उपहार अनि खाद्य परिकार, उनीहरूले बनाएका वस्तुहरू खरिद गरेर
उनीहरूको जीवनलाई केही असल बनाउने यस प्रकारको कोशिशद्वारा सहयोग गर्नसक्नेछौं|
हाम्रो कार्यले अरू भारतीयहरूलाई परस्पर सहयोग पुर्याइरहेका छौं
भन्ने कुराले निःसन्देह नै बापू गौरवान्वित बन्नेछन्|
विगत चार वर्षमा १३० करोड भारतीयले महात्मा गान्धीलाई
स्वच्छ भारत अभियानकोल रूपमा श्रद्धाञ्जलि दिएका छन्|
प्रत्येक भारतीयको मेहनतको परिणामस्वरूप, चार
वर्ष पूरा गर्न लागिरहेको स्वच्छ भारत अभियान उल्लेखनीय परिणामका साथ व्यापक
जनआन्दोलनमा रूपान्तरित बनेको छ| करबि ८५ मिलियन घरमा
प्रथमपटक आफ्नो शौचालयको व्यवस्था छ| करिब ४०० मिलियन
भारतीयले खुल्लामा दिसा-पिसाब गर्न छोडेका छन्| चार वर्षको
छोटो समयमा ३९ प्रतिशतदेखि ९५ प्रतिशत जनसमुदाय स्वच्छता अन्तर्गत समेटिएका छन्|
२१ वटा राज्य अनि केन्द्र शासित प्रदेश तथा ४.५ लाख गाउँ अब
खुल्लामा दिसा-पिसाबमुक्त बनिसकेका छन्|
स्वच्छ भारत अभियान असल भविष्य अनि मर्यादासित सम्बन्धित
छ| झिसमिसे उज्यालो नछिर्दै आफ्नो अनुहार
लुकाउँदै खुल्लामा शौचको निम्ति बस्न बाध्य ती करोडौं महिलाहरूका साथै स्वच्छताको
अभावमा अनेकौं रोगको शिकार बन्नपुग्ने भारतका लाखौं भावी सन्ततिको निम्ति यसले
वरदानको काम गरेको छ भने खुल्लामा शौचलाई इतिहासको पानामा समेटिएको छ|
केही दिनअघि, राजस्थानका
एकजना दिव्याङ्ग भाइले मलाई ‘मन की बात’ कार्यक्रमको समय फोन गरे| दृष्टिहीन ती भाइको जीवनमा
आफ्नो शौचालय निर्माणपछि आएको सकारात्मक अन्तरबारे उनले बताए| यस्ता कैयौं दिव्याङ्ग भाइ-बहिनीहरू छन्, जो खुल्ला
ठाउँमा दिसा-पिसाबको निम्ति जानबाट जोगिएका छन्| उनीहरूबाट
पाएको आशीर्वाद सधैं नै मेरो स्मृतिमा अङ्कित रहनेछ|
आजका अधिकांश भारतीयको स्वतन्त्रता सङ्ग्राममा सहभागी
बन्ने अहोभाग्य थिएन| उनीहरूले राष्ट्रको निम्ति बलिदान दिन
नसके पनि आज राष्ट्रको निम्ति बॉंच्नुपर्नेछ र स्वतन्त्रता सङ्ग्रामीहरूद्वारा
परिकल्पना गरिएको भारत निर्माण गर्न सक्दो कोशिश गर्नुपर्नेछ|
आज हामीसित बापूको सपना साकार तुल्याउने अवसर छ|
हामीले धेरै समेटिसकेका छौं र मलाई विश्वास छ आउने दिनहरूमा अझ
धेरै समेट्नेछौं|
बापूको मनपर्दो भजन थियो, ‘वैष्णव
जन तो तेने कहिये जे, पीर परायी जाने रे’, जसको अर्थ हुन्छ, अरूको पीडा महसुस गर्नसक्ने महान्
हुन्छन्| यही भावनाका साथ उनी अरूका निम्ति बॉंचे| आज हामी १.३ खरब भारतवासी बापूका ती सपना पूरा गर्नका लागि काम गर्न
प्रतिबद्ध छौं, जसको निम्ति उनले आफ्नो जीवन नै अर्पण गरेका
थिए|
No comments:
Post a Comment