गफसफ.com, कालेबुङ 26 अक्टोबर।
गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङ गुटका शिर्ष नेता रमेश आलेले
मुख्यमन्त्री ममता ब्यानर्जीलाई वार्ता गर्ने इच्छा प्रकट गर्दै ई-मेल मार्फत्
पत्रचार गरेको खुलासा भएपछि चारैतिर चर्चाको विषय बनेको छ। मुख्यमन्त्री ममता
ब्यानर्जीसँग़ विमल गुटले पत्रचार गरेर वार्ताको प्रस्ताव दिएपछि यता विनय तामाङ
खेमाले ‘राज्यसँग मिल्न नै थियो भने किन जनताको आँखामा धुलो हाल्ने कार्य गरेको?’ भन्ने
प्रश्न विमल गुटलाई तेर्साएको छ।
यसै सन्दर्भमा आज गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) कालेबुङ जिल्ला
समितिका प्रवक्ता भुवन खनालले एक पत्रकार सम्मेलन आयोजना गरेर विनय तामाङ अनि अनित
थापाहरूले एकवर्ष अघि लिएको निर्णय नै आज विमल गुरुङ गुटले राज्यलाई पत्रचार गर्नु
हो भनेका छन्। यसक्रममा उनले विमल गुरुङ गुटले वैठक गर्न तयार रहेको भन्दै पत्रचार
गर्नुको घट्नाले विमल गुरुङ अनि उनका सहयोगिहरूले बङ्गाल सरकार अघि घुँढा टेकेको
प्रमाणित भएको पनि दाबी गरेका छन्।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विमल गुरुङ,
रोशन गिरी आदि छुट्टै राज्य गोर्खाल्याण्ड प्रति कहिल्यै इमान्दार नरहेको भन्दै
उक्त कुरा पिन्टेल भिजेलमा जीटीएको सम्झौता गर्दा नै प्रमाणित भएको अनि अहिले आएर
पुन: राज्य सरकारसँग वार्ता गर्नु तयार रहेको भन्नु केवल उनीहरूको जीटीए
सत्ताप्रतिको मोह रहेको प्रवक्ता भुवन खनालले बताएका छन्।
‘विमल
गुरुङ, रोशन गिरी र विमल पन्थी नेताहरू गोर्खाल्याण्ड प्रति इमान्दार छैन भन्ने
कुरा जीटीएको सम्झौता हुँदा नै स्पष्ट बनेको हो। यस्तो अवस्थामा अहिले
राज्यसरकारसँग वार्ता बस्ने कुरा सार्वजनिक भएपछि विमल पन्थी नेताहरू राज्यसरकार
अघि घुँढा टेकिसकेको प्रमाणित भएको छ’ भुवन खनालले भने।
उनले
अघिबाटै पहाडका जनताको हितमा विनय तामाङ अनि अनित थापाहरूले बङ्गालसँग मिलेर
पहाडमा शान्ति अनि बिकासको कार्य गर्दा उनीहरूलाई गद्दार भन्नेहरूले अहिले आएर
पुन: राज्यसरकारसँग वार्ता गर्छु भन्ने केवल जीटीएको सत्तामा फर्कने प्रयास मात्र
हो भनि भुवन खनालले दाबी गरेका छन्।
‘विमल
गुरुङ अनि रोशन गिरीहरूले केहि दिन अघिसम्म विनय तामाङ र अनित थापाहरूलाई माटो
विरोधी, गोर्खाल्याण्ड विरोधी र जाति विरोधी भनिरहेका थिए। आज उनै नेताहरू राज्यसरकारसँग
वार्ता गर्छु भन्दैछन् भने विनय तामाङ र अनित थापाहरू कसरी माटो विरोधी र जाति
विरोधी भए?’ भुवन खनालले विमल गुटका नेताहरूलाई प्रश्न तेर्साउँदै भने।
यसक्रममा
उनले विनय तामाङ र अनित थापाले राज्य सरकारसँग मिलेर पहाडमा शान्ति सथापना गर्दै
बिकासको बाटोमा अग्रसर गराउनु अनि केन्द्र सरकारसँग वैद्धिक तरिकाले गोर्खाल्याण्ड
प्राप्तिको रणनीति बनाउने कार्य गर्दा विभिन्न प्रकारको आरोप लगाउने कार्य गरेको
पनि भुवन खनालले दाबी गरेका छन्। ‘विनय तामाङ र अनित थापाहरूले पहाडमा बिकास र
शान्ति स्थापना गरेर वौद्धिक आन्दोलन गर्नुपर्छ भनेका हुन्। जुन प्रकारले विमल
गुरुङहरूले आन्दोलन गरेका थिए त्यो आन्दोलनको तरिका ठिक भएन. हिंसात्मक आन्दोलनले
लक्ष्य प्राप्ति हुँदैन भन्दै बाटो देखाएका थिए। जुन कुरालाई जनताले बुझ्न आवश्यक
छ’ खनालले भने।
उनले
पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा बङ्गालसँग बात गर्दै-गर्दिन भन्नेहरू फेरि
वार्ता गर्नु तयार छौँ भन्नु एकवर्ष अनि विनय तामाङ अनि अनित थापाहरूले देखेको
बाटो आज विमल गुटहरूले देख्न लागेको बताए। ‘जीटीए चुनावको गन्ध आएपछि त्यहीँ
सत्ताको उपभोग गर्नका निम्ति त्यै जीटीएको चौकिको मोहले आकर्षित भएर बिमल पन्थी
नेताहरू राज्य सरकारसँग वार्ता गर्न तयार
छौँ भनिरहेका छन्’ भुवन खनाले अझ भने – ‘राज्यसरकारसँग वार्ता गर्न इच्छुक छौँ
भन्नुले उनीहरूले जीटीए चौकिको मोहले मात्तिएकाहरू थिए भन्ने कुरा स्पष्ट बन्नु हो।’
यसैक्रममा
उनले राज्यसरकारसँग मिलेर नै अघि बड्नु थियो भने आजसम्म बिमल पन्थी नेताहरूले
जातिय अस्तित्व र अस्मिताको कुरा गरेर जनतालाई किन आँखामा धुलो हाल्ने कार्य गरियो
भनि खनालले प्रश्न तेर्साएका छन्। ‘यहाँ जनताको भावनासँग खेलवाड गरेर राजनीति
गर्ने कार्य हुँदैछ। एकातिर विमल गुरुङ आफैले गोर्खाल्याण्डको निम्ति शपथ ग्रहण
गरेको भन्दै थिए भने अर्कोतर्फ उनकै एक नेताले राज्यसरकारसँग वार्ता बस्ने कुरा
गरिरहेका थिए। यी कार्यहरूले उनीहरू जीटीएको सत्ता प्रति आकर्षित बनिरहेको छ भन्ने
कुरा प्रमाणित भएको छ’ भुवन खनालले भने। यसक्रममा उनले पहाडमा शान्ति र विकासको
कार्य विनय तामाङ अनि अनित थापाहरूकै नेतृत्वमा मात्र हुने दाबी गर्दै जनताले भावनासँग
खेलवाड गर्ने नेताहरूलाई महत्व नदिनुपर्ने पनि आह्वान गरेका छन्।
No comments:
Post a Comment