गफसफ.com, कालेबुङ
31 अक्टोबर।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विभिन्न ठाउँहरूमा
पार्टीको झण्डा लगाउने कार्य गरेको छ। विशेष गरेर गोरामुमो पार्टीको हरियो झण्डाले
मात्र पहाडको समस्या समाधान गर्ने दाबी गर्दै विभिन्न ठाउँहरूमा दलीय झण्डा लगाउने
कार्य गरेको पार्टीका राजेन तामाङले बताएका छन्।
‘पहाडको समस्या केवल हरियो झण्डाले मात्र समाधान गर्नेछ।
हामीले यहीँ चेतना जगाउन ठाउँ-ठाउँमा रहेका पुराना झण्डाहरू हटाएर नयाँ झण्डा
लगाउने कार्य गरेका हौँ’ राजेन तामाङले भने।
यसैक्रममा पार्टीका प्रवीण शाक्यले पनि पहाडमा चुनावको
समयमा मात्र छुट्टै राज्य गोर्खाल्याण्ड मुद्दा उठ्ने गरेको कारण नै आफुहरूले
अहिले दलको झण्डा लगाएर मानिसहरूलाई सचेत बनाउने कार्य गरेको बताएका छन्। उनले
गोर्खाल्याण्डको मुद्दालाई लिएर कसैले पनि खेलवाड गर्न नहुने भन्दै छुट्टै राज्य गोर्खाल्याण्ड
कसरी हुन्छ भन्ने कुरा केवल गोरामुमो पार्टीलाई मात्र थाह रहेको बताएका छन्।
‘जब-जब चुनावको समय आउँछ तब राजनैतिक दलका नेताहरूले गोर्खाल्याण्डको
कुरा गर्ने गर्छन्। अहिले पनि आगामी लोकसभा चुनावलाई हेरेर गोर्खाल्याण्डको कुरा
गर्न थालिसकेका छन्’ गोरामुमो कार्यकर्ता प्रवीण शाक्याले अझ भने –‘यो हरियो झण्डा
मात्रै गोर्खाल्याण्ड ल्याउन सक्ने पार्टी हो।’
No comments:
Post a Comment