गफसफ.com, कालेबुङ
5 अक्टोबर।
केन्द्र सरकारको गृह मन्त्रालयले गोर्खा जनमुक्ति मोर्चा
विमल गुरुङ गुटसँग आज दिउँसो 3 बजेदेखि गर्ने भनिएको वैठक केन्द्रिय गृह मन्त्रालयले
गोजमुमो (विमल गुरुङ गुट) कै अनुरोधमा बोलाएको हो। गत 11 सितम्बर 2018 का दिन
गोजमुमो गुटले केन्द्रिय गृह सचिवलाई पत्रचार वैठक आयोजना गरिदिने अनुरोध गरेपछि
उक्त वैठक तय भएको पुष्टि भएको छ।
यस भन्दा अघि गोजमुमो विमल गुटलाई केन्द्रीय गृहमन्त्रालयबाट
वैठकमा बोलाएको भन्दै केन्द्रले नै वैठकको पहल गरेको दाबी गरिएको थियो। तर, गोजमुमो
विमल गुटकै अनुरोधमा केन्द्रिय गृहमन्त्रालयले वैठक डाकेको कुरा उक्त पत्रले
पुष्टि भएको हो।
‘गोर्खा जनमुक्ति मोर्चाको अनुरोधमा गत 11 सितम्बर 2018
का दिन लेखेको पत्र अनुसार गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिगण अनि केन्द्रिय
गृह सचिव माझ आगमी 5 अक्टोबर 2018, दिउँसो 3 बजे नर्थ ब्लक, नयाँ दिल्लीमा वैठक तय
गरिएको छ। यसबिषयमा तपाईँलाई टेलिफोन मार्फत् पनि जानकारी गराएका छौँ’ संयुक्त
सचिव (केन्द्रिय राज्य) एस.के शाहीले लेखेको पत्रमा स्पष्ट लेखिएको छ।
यता वैठकमा भाग
लिन दिल्ली पुगिसकेका अप्रा. कर्णल रमेश आलेले वैठकमा एकमात्र छुट्टै राज्य
गोर्खाल्याण्डको कुरा गर्ने दाबी गरेका छन्। ‘हामी केवल गोर्खाल्याण्डको मुद्दामा
कुरा गर्नेछौँ’ आलेले भने।
उनले वैठकलाई विमल गुरुङद्वारा नियुक्ति गरिएका
कार्यकारी अध्यक्ष लोबसाङ लामाले नेतृत्व गर्ने पनि जानकारी दिएका छन्। यसैक्रममा
प्रतिनिधी टोलिमा उनीसँगै कालेबुङकी विधायक श्रीमती सरिता राई, आर.मोक्तान, उर्मिला
रूम्बा आदि रहेको पनि जानकारी दिएका छन्।
No comments:
Post a Comment