गफसफ.com,खरसाङ 29 अक्टोबर।
खर्साङ नगरपालिकाको वार्ड नम्बर 11 अदिनस्थ मन्टिभियट
गुम्बा नजिक आगलागी हुँदा एउटा ब्रिटिसकालिन घर जलेर पूर्णरूपले नष्ट भएको छ। उक्त
घट्ना आइतबार राती 10:30 बजेतिर भएको हो। आगलागीको समय घरमा 72 वर्षीय वृद्धा
मात्र रहेका थिए भने उनलाई स्थानीयहरूले बाहिर निकाल्न समक्ष बनेको कारण भाग्यले
बाँचेका छन्।
‘म एक्लै सुतिरहेको समय अचानक सबैतिर आगो देखेपछि नानीहरूले
मलाई बाहिर निकाले। तर, हतारमा मेरो चश्मा र फोनसमेत निकाल्न सँकिन। जीउमा लगाएको
लुगाबाहेक केही निकाल्न सकिन’ 72 वर्षिय वृद्ध पदमा खातीले
अझ भनिन् ‘यो घर मेरा ससुराले ब्रिटिशकालीन समयमा नै
निर्माण गरेको र घरभित्र पुरानो समयको महंगो काठका सामानहरू लगायत सुनको गर गहना,
नगद, कागज
पत्रहरू आधार कार्ड, घरको
कागज,
ब्यांगको कागज, गाडीको कागजहरू सबै जलेर नष्ट भयो।’
यता उक्त आगलागीको घटनाबारेमा घरका आफन्त रनवीर खातीले राती
10.30 तिर आगो लागेपछि विस्तारै आगोको चपेटमा सबै घर नष्ट भएको बताएका छन्।
यसक्रममा उनले आगलागीको घट्नापछी अग्निसमन विभागमा फोन गर्दा फोन नै रिसिभ नगरेको
तथा अन्त्यमा दुईजना बाईकमा गएर बोलाउनु परेको पनि बताएका छन्। उनीहरूले बोलाएपछी
दमकलको सानो गाडी मात्र आएको र पानी पनि सकिहालेको थप जनाए।
उनले उक्त घर आफ्ना बाजे डीबी खातीले ब्रिटिशकालीन समयमा
इङ्गल्याण्डमा इञ्जिनियरिङ गरेर बनाएको बताउँदै उक्त घरलाई खरसाङ क्षेत्रमा
हेरिटेजको रूपमा हेरिने गरेको बताएका छन्। यसक्रममा उनले उक्त आगलागीको घट्ना
बिजुलीको सर्ट सर्किटले भएको पनि जनाएका छन्।
घटनास्थलमा खरसाङ थानाका आईसी,
राज्य सभा सांसद शान्ता छेत्री,
खरसाङ महकुमा कार्यालयबाट दुईजना प्रतिनिधि लगायत सोमबार
दिउँसो जीटीए बीओए उपाध्यक्ष अनित थापा पनि पुगेका थिए।
No comments:
Post a Comment