गफसफ.com, खरसाङ
26 नोभेम्बर।
भारतको राजधानी दिल्लीमा गोर्खे चेली रञ्जु परियार 11 औँ राष्ट्रिय
महिला एक्सिलेन्स अवार्ड 2018 ले सम्मानित भएकी छन्। योग कन्फेडेरेसन अफ् ईन्डियाद्वारा
आयोजित ईन्डियन इन्टरनेशनल सेन्टरमा रञ्जु परियारलाई उक्त पुरस्कारले सम्मानित
गरिएको हो।
दिल्लीमा इन्डो युरोपियन च्याम्बर अफ् स्मल एन्ड मिडियम इन्टरप्राइज
(आइईसीएसएमई) का अध्यक्ष बिजय तिवारी अनि लक्ष्मी ठाकुर सिंघलको उपस्थितिमा
कार्यक्रम सम्पन्न भएको थियो। यस अवसरमा मुख्य अतिथिका रूपमा पूर्व डाइरेक्टर
जेनेरल प्रिजनर, दिल्ली
पुलिस श्रीमती बिमला मेहेरा उपस्थित रहीकी थिइन्। यसै अवसरमा सामाजिक संस्था ‘ए-वान
सर्भिस’ को संस्थापक एवम् जीएसएसएसका सह-सचिव हुन् रञ्जु परियारलाई उक्त
पुरस्कारले सम्मानित गरिएको हो।
उक्त अवार्ड विगत ११ वर्ष देखि देश भरिका नारीहरूलाई प्रदान गरिन्दै आइरहेको छ। विशेष गरेर
नारीहरुको उत्थान, बिकास
र सुरक्षाको निम्ति आफ्नो योगदान दिने नारीहरूलाई नै उक्त पुरस्कारले सम्मानित
गरिन्दै आइरहेको छ। सोहिक्रममा ए-वान
सर्भिस सामाजिक सङ्गठनकी संस्थापक रञ्जु परियारलाई पहाड़ लगायत विभिन्न क्षेत्रबाट
आफ्नो रोजी रोटीको निम्ति दिल्लीमा आएका युवा अनि विशेष नारी हरु लाई सुरक्षित
नोकरीसितै उनीहरू लाई विभिन्न ट्रेनिङ दिएर उनीहरू को उत्थान गर्ने कार्य गर्दै
आएको कारणॅ उक्त पुरस्कारले सम्मानित गरिएको हो।
उक्त कार्यक्रम बीच आइईसीएसएमई-का सचिव एवम् गोर्खाहरुको
प्रतिनिधित्व गरिरहेका सामाजिक कार्यकर्ता राजा राई अनि आइईसीएसएमई-
का सदस्य सुरज सिंह साथै जीसएसएसका अध्यक्ष किरण बिके, प्रवक्ता
अन्जनी शर्मा लाई पुष्पगुच्छा दिएर साथै साल ओडाएर गोर्खाल्याण्डको सङ्ग्रमीको रूपमा
सम्मान गरिएको थियो।
यता उक्त अवार्ड प्राप्त गरेपछि रञ्जु परियारले उक्त सम्मानले
आफूलाई थप उर्जा प्रदान गरेको बताइन्।
आफूले पहाड़ तराई डुवर्सबाट रोजी रोटी को निम्ति आएका चेलीहरु यहाँ आएपछि
उचित गाईड नभएको हुनाले, गलत
मान्छेहरुको हातमा पर्ने गरेको, काम
गर्दा पनि धेरै प्रकारको समस्याहरूमा परेको, विभिन्न काम लगाउने कम्पनीहरुको धोकाधडी आदि जस्ता समस्याहरु देखे पछि आफूले उक्त ए-वान
सर्भिसद्वारा उनीहरू लाई सुरक्षित नोकरी साथै विभिन्न ट्रेनिङहरुको बन्दोबस्त
गरिरहेको बताएकी छन्।
No comments:
Post a Comment