गफसफ.com, दार्जीलिङ
20 नोभेम्बर।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले
आगामी लोकसभा चुनाव लड्ने तय गरेको छ। आजसम्म छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति
चुनाव जितेर जाने नेताहरूले जनतालाई धोका दिएकै कारण क्रामाकपाले आगामी लोकसभा
चुनाव लड्ने तय गरेको हो।
यसबारे क्रामाकपा नेता गोबिन छेत्रीले सोम्बार दार्जीलिङमा
एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। यसक्रममा उनले चुनावको अन्तिम
समयसम्म अन्न बिकल्पहरू पनि खुल्ला राख्ने स्पष्टिकरण दिएका छन्।
दार्जीलिङ प्रेस गिल्डमा आयोजित पत्रकार सम्मेलनलाई
सम्बोधन गर्नेक्रममा नेता गोबिन छेत्रीले क्रामाकपाले
यदि कुनै पार्टीले गोर्खाल्याण्डको मुद्दालाई उठाउने पक्का गर्छ भने उसलाई शसर्त
समर्थन गर्ने पनि बताएका छन्। यसका साथै उनले लोकसभा चुनावमा भूमिपुत्र उम्मेद्वार
हुनपर्ने पनि बताएका छन्।
‘चुनाव अघि धेरै राजनैतिक दलहरूले गोर्खाल्याण्डको कुरा
गर्छ। अहिले पनि गोर्खाल्याण्ड भन्दै दिल्ली कुद्नेहरू पनि छन्। तर, चुनाव सकिएपछि
सबैले गोर्खाल्याण्डको मुद्दा बिर्सने गरेको छ। यो धोका खाँदा-खाँदा क्रामाकपाले चुनावमा
जाने तय गरेको छ’ गोबिन छेत्रीले अझ भने –‘हामी अन्तिम समयसम्म पनि मौका दिनेछौँ
अनि त्यो अन्तिम समयसम्म पनि हुँदैन भने क्रामाकपाले आफ्नै उम्मेद्वार तयार पारेको
छ। यसका साथै हामी नौसदस्यीय कमिटि पनि तय गरेका छौँ अनि यसको सभा आगामी 23
नोभेम्बरको दिन हुने तय समेत भएको छ।’
उनले लोकसभा चुनावामा क्रामाकपाको एकमात्र मुद्दा
गोर्खाल्याण्ड मात्र हुने छेत्रीले स्पष्ट पारेका छन्। यसक्रममा उनले कसैले बिकास
अथवा छैटौँ अनुसूची ल्याउने भन्दै गरेपनि बिकासको कार्यहरू राज्य गठन पछि हुने पनि
बताएका छन्।
उनले कुनै पनि दलले चुनावी घोषणा पत्रमा गोर्खाल्याण्डको
कुरा गरेर मात्र पुरा नहुने स्पष्ट पार्दै यदि गोर्खाल्याण्डको ल्याउँछु नै भन्छ
भने ल्याउँछु भन्नेहरूले लिखित रूपमा दिनसक्नु पर्ने पनि उनले बताएका छन्।
‘यसपाली राष्ट्रिय पार्टीले दार्जीलिङबाट आफ्नो उम्मेद्वार
खडा गर्छ भने उनीहरूले आफ्नो चुनावी घोषणा पत्रमा स्पष्टसित गोर्खाल्यान्ड दिने
विषय लेख्नुपर्छ। यसरी नै उम्मेद्वारले लिखितरूपमा सांसद बनेर गएको 6 महीनाभित्र
संसदमा गोर्खाल्यान्डबारे आवाज उठाइनँ भने संसद सदस्यबाट राजीनामा दिनेछु भन्ने
पनि दिएको हुनपर्छ’ गोबिन छेत्रीले स्पष्टसँग भने।
अर्कोतर्फ उनले तृणमूल कङ्ग्रेसलाई भने पटक्क समर्थन नगर्ने
पनि स्पष्ट पारेका छन्। तृणमूल कङ्ग्रेस राज्य गठनको विरोधी रहेको कारण उनले
तृणमूललाई समर्थन नगर्ने निर्णय लिएको पनि बताएका छन्।
No comments:
Post a Comment