गफसफ.com,
दार्जीलिङ 16 नोभेम्बर।
गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटका नेता एवम् पूर्व
सभासद प्रकाश गुरुङको घर कुड्की गरेको छ। गोजमुमो विमल गुरुङ गुटका युवा मोर्चा
अध्यक्ष गुरुङको घरलाई दार्जीलिङ सदर थाना अनि लोधोमा पुलिसले आज कुड्की गरेको हो।
गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय
विमल गुरुङसँगै भूमिगत बनेका प्रकास गुरुङको घरमा दिउँसो 1 बजेतिर पुलिस पुगेको
थियो। पुलिसले उनको घरमा पुगेर न्यायालयको आदेश अनुसार घरालाई कुड्की गर्ने कार्य
गरेको हो भने घरबाट सम्पूर्ण समानहरू निकालेर लगेको छ। जुन समानहरू न्यायालयमा
बुझाउने थाह लागेको छ।
प्रकाश गुरुङको पैतृक घरमा हालमा उनकी भाउजु रोशनी गुरुङ
बस्दै आइरहेकी थिइन भने पुलिस पुग्दा उनी घरमा नै रहेकी थिइन। अघिबाटै कानुनी
प्रक्रिया अनुसार गुरुङलाई न्यायालयमा समर्पण गर्नका निम्ति सूचना टाँस्ने कार्य
पुलिसले गरेपनि उनले न्यायालयमा समर्पण नगरेपछि आखिरमा न्यायालयकै आदेश अनुसार
उनको घर कुड्की गर्ने कार्य गरेको पुलिस सूत्रले बताएको छ।
यता अचानक पुलिस आएर घरलाई कुड्की गरेपछी उनकी भाउजु समस्या
परेकी छन् भने उनले उक्त घर प्रकाश गुरुङको नाउँमा नरहेको बताएकी छन्। उनले प्रकाश
गुरुङको उक्त पैतृक घर अघिबाटै अंश-बण्डा भएको कारण हालमा उक्त गर प्रकाश गुरुङको
नाउँमा थिएन भन्दै पुलिसले अन्धाधुन्दा घरलाई कुड्की गरेर समानहरू जफत गर्ने कार्य
गरेको आरोप लगाएकी छन्।
No comments:
Post a Comment