गफसफ.com, कालेबुङ,
15 दिसम्बर।
कालेबुङ प्रेस क्लबले लक्ष्मी लिम्बु कौशललाई सातौँ कालेबुङ
रत्न पुरस्कार प्रदान गरेको छ। कन्फडेरेसन अफ् इन्डियन इन्डस्ट्री (सीआईआई) उत्तर
बङ्गाल एवम् सिक्किमका डिपुटी डाइरेक्टर लिम्बुलाई आज कालेबुङ प्रेस क्लबको 20 औँ
स्थापना दिवस समारोहमा सातौँ कालेबुङ रत्न पुरस्कार प्रदान गरिएको हो।
व्यापार एवम् वाणीज्य व्यवस्थापनसँग जोडिएर सक्रिय रूपमा कार्य
गर्दै डिपुटी डाइरेक्टर पदमा आसिन बन्न पुगेकी लक्ष्मी लिम्बुलाई कार्यक्रममा
मुख्य अतिथिका रूपमा उपस्थित जिल्लापाल डा. विश्वनाथको बाहुलीबाट उक्त पुरस्कार
प्रदान गरिएको थियो।
3 मई 1974 का दिन लक्ष्मी लिम्बु कालेबुङ जिल्लाको
सिन्देबुङ निवासी हुन्। उनले सन् 1997 देखि टी-प्लान्टरको रूपमा आफ्नो पेशागत जीवन
सुरु गरेकी हुन्। उनी केवल 23 वर्षको उमेरमा पहिलो महिला टी-पालन्टरको रूपमा सह
व्यवस्थापकको पदमा नियुक्ति भएकी थिइन्। पछीबाट उनी गुड्रीक ग्रुपमा जोडिएर बन्सवर्ग
चिया बगानमा सह व्यवस्थापकको रूपमा नियुक्ति बनेर कार्य गरेकी थिइन्। हालमा कन्फडेरेसन
अफ् इन्डियन इन्डस्ट्री (सीआईआई) उत्तर बङ्गाल एवम् सिक्किमका डिपुटी डाइरेक्टर
पदमा आसिन बनेर कार्यरत रहेकी छन्। उनको कार्यप्रतिको योगदानलाई सम्मान गर्दै
कालेबुङ प्रेस क्लबले 20 औँ स्थापना दिवसको अवसरमा लक्ष्मी लिम्बुलाई 7 औँ कालेबुङ
रत्न पुरस्कारले सम्मानित गरेको हो।
यसै अवसरमा कार्यक्रममा पत्रकारीताको क्षेत्रमा लामो
समयदेखी महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका मिरिकका पत्रकार रोशन राईलाई एक्सिलेन्स
इन जर्नलिजम पुरस्कारले सम्मानित गरिएको छ।
यसका साथै कार्यक्रममा कालेबुङ नगरपालिका अध्यक्ष रवी
प्रधानलाई नगरअध्यक्षा बनेपछि नगर अनि नगरवासीको हितमा गरिरहेको कार्यप्रति
प्रशंसा गर्दै सम्मान जनाइएको थियो।
यसैक्रममा सिलगडी जर्नलिस्ट क्लबद्वार टाइटन अवार्डद्वारा सम्मानित कालेबुङ प्रेस क्लबका सदस्यहरू क्रमैले पत्रकार मनोज राई अनि निशा छेत्री अनि नेशन बिल्डर अवार्डले सम्मानित दैनन्दिनी समाचारको समाचार वाचिका शान्ती ठटाललाई पनि कार्यक्रममा सम्मान जनाइएको थियो।
यसैक्रममा सिलगडी जर्नलिस्ट क्लबद्वार टाइटन अवार्डद्वारा सम्मानित कालेबुङ प्रेस क्लबका सदस्यहरू क्रमैले पत्रकार मनोज राई अनि निशा छेत्री अनि नेशन बिल्डर अवार्डले सम्मानित दैनन्दिनी समाचारको समाचार वाचिका शान्ती ठटाललाई पनि कार्यक्रममा सम्मान जनाइएको थियो।
कार्यक्रमलाई कालेबुङ प्रेस क्लब अध्यक्ष अरूण कुमार रसाइली,
सचिव अरूण कुमार राई साथै मुख्य अतिथी डा. विश्वनाथ,
नगरपालिका अध्यक्ष रवि प्रधान,
कालेबुङ रत्न पुरस्कार प्रापक लक्ष्मी लिम्बु अनि
एक्सिलेन्स इन जर्नलिजम पुरस्कारले सम्मानित पत्रकार रोशन राईले सम्बोधन गरेका
थिए।
No comments:
Post a Comment