गफसफ.com,
कालेबुङ, 22
दिसम्बर।
फुटबलको मैदानमा चीर प्रतिद्वान्द्वीको रूपमा परिचित ईष्ट
बेङ्गाल अनि मोहम्मडन स्पोर्टिङ क्लब भोलि जीटीए चियरमेन्स गोल्डकप फुटबलको
फाइनलमा आक्रमक रणनीतिको साथमा मैदानमा ओर्लिने भएको छ। जीटीए अध्यक्ष विनय तामाङ,
मुख्य सचिव सैयद अहमद बाबाको विशेष उपस्थितिमा दुवै दलका प्रशिक्षकद्वयले आज एक
पत्रकार सम्मेलन आयोजना गरेर फाइनलमा जीत दर्ता गर्ने दाबी गरेका छन्।
‘भोलि हामी फुटबलको मैदानमा कडा दुश्मनी मानिएका टोलिको
माझमा भीड्नेछौँ। ईष्ट बङ्गाल अनि मोहम्मडन माझ लगभग सयवर्षदेखी फुटबलको मैदानमा
दुश्मनी छ। यसैकारण भोलि हुने खेल रोमाञ्चक हुनेछ अनि दर्शकवर्गले खेलको भरपुर
आनन्द उठाउन सक्नेछन्’ ईष्ट बेङ्गालका प्रशिक्षक रञ्जित चौधरीले भने।
उनले प्रत्येक खेलमा रणनीति परिवर्तन गरेर टोलि मैदानमा
ओर्लिएको अनि सम्पूर्ण रणनीति सफल भएको बताउँदै फाइनलको निम्ति बेग्लै रणनीति तयार
पारेको पनि बताएका छन्। ‘हामीलाई विश्वास छ भोलिको फाइनल खेलमा हामी निश्चय नै जित
हासिल गर्नेछौँ’ प्रशिक्षक चौधरीले भने। यसक्रममा उनले जीटीए चियरमेन्स गोल्डकप
टुर्नामेन्टमा मिश्रित खेलाडीहरू रहेको अनि साथमा दसजना सिनियर डिभिजनका खेलाडीहरू
समेत रहेको बताएका छन्।
अर्कोतर्फ मोहम्मडन स्पोर्टिङ क्लबका प्रशिक्षक रघुनाथ
नन्दीले यसवर्ष टोलिले खुबै राम्रो प्रदर्शन गरिरहेको बताउँदै भोलि हुने खेलमा पनि
टोलिले राम्रो प्रदर्शन गर्ने अनि जित दर्ता गर्ने दाबी गरेका छन्। ‘ईष्ट बेङ्गाल
राम्रो टोलि हो। उनीहरूको खेल हामीले नजिकबाट हेरेका छौँ। राम्रो रणनीतिको साथमा
उनीहरू खेल्ने कुरा जान्दछौँ। तर, हामी पनि मैदानमा उत्तिकै जोशको साथमा
उत्रिनेछौँ अनि जितको कोशिस गर्नेछौँ’ प्रशिक्षक रघुनाथ नन्दीले भने।
यसैक्रममा ईन्डियन फुटबल एसोसिएसनका अधिकारी जयन्त
ब्यानर्जीले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चियरमेन्स गोल्डकपले पहाडका
स्थानीय खेलाडीवर्गको प्रतिभा निखार्ने सुनौलो अवसर प्रदान प्राप्त भएको बताएका
छन्। उनले यस फुटबल टुर्नामेन्टमा भाग लिने पहाडका दलहरूले राम्रो खेल प्रदर्शन
रहेको बताउँदै पहाडका खेलाडीवर्गमा राम्रो फुटबल खेलको क्षमता रहेको पनि बताएका
छन्।
No comments:
Post a Comment