गफसफ.com, सिलगडी,
31 दिसम्बर।
आज पाश्चात्य संस्कृतिमा हुर्केका विश्वका विकसित राष्ट्रका
मानिसहरू पनि भारतमा आई यहाँको आध्यात्मिक शिक्षालाई ग्रहण गर्न चाहन्छन्। किनकि
भौतिक विकास मात्र सर्वोपरी होइन भौतिक बिकासले मानसिक शान्ती दिन सक्तैन अनि
नैतिक र आत्मिक विकास सम्भव छैन। यसको
लागि आध्यात्मिक गुरूबाट आध्यात्मिक ज्ञान
लिन आवश्यक छ। आत्माज्ञानको क्रियात्मक बोधले नै सदगुरूलाई चिन्न सकिने अनि
ह्रदयस्थित आत्मशक्तिलाई जान्न सकिने कुरो श्री सतपाल जी महाराजजले सम्झाए।
जीवनमा अध्यात्मलाई ग्रहण गरेर सामाजिक सेवाहरूको साथमा
राष्ट्रकै सेवा गर्छु भन्ने भाव सबैमा जाग्रत हुन् आवश्यक रहेकोले पनि उनले बताएका
छन्। यसक्रममा मानव उत्थान सेवा समिति र मानव सेवा दलले गरेका सेवाकार्यहरूको पनि
चर्चा गर्दै मानव उत्थान सेवा समितिद्वारा चलाएको राष्ट्रव्यापी मिसन एजुकेशन
अभियानले आर्थिक कमजोर विद्यार्थीहरूलाई धेरै सहयोग भईरहेकोले सबैले यस अभियानमा
पनि साथ दिँदै प्रकृति र जल संरक्षण अनि स्वच्छ अभियानसंगै विविध सेवा कार्यहरुले
देशको हित हुने कुरो उनले बताएका छन्।
समारोहलाई श्री सतपालजी महाराजलका ज्येष्ठ सुपुत्र श्री
बिभूजी महाराजजीले पनि सम्बोधन गर्दै युवाहरूमा सकारात्मक सोचको आवश्यक्ता छ भन्दै
यसका निम्ति अध्यात्म अनिवार्य रहेको कुरो बताए। ‘आफूभित्रको ज्योतिस्वरूप आत्म
शक्तिको बोधले ह्रदयमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्दछ। किताबी शिक्षाले मानिस
विद्वान बन्न सक्ला तर सुसंस्कारित हुनलाई आध्यात्मिक शिक्षा ग्रहण गर्नुपर्छ’
विभुजी महाराजले भने।
अध्यात्म ज्ञानकै प्रचार - प्रसारको लागि गरिएको यो सदभावना
सम्मेलन शान्ती र एकताको प्रतीक रहेको र यस सम्मेलनले सवैलाई आध्यात्मिक जागृति र
सदभावनाको माध्यमद्वारा सबैलाई कर्मयोगी बन्ने सन्देश दिएको कुरो पनि श्री बिभुजी
महाराजजीले बताए। सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा माता श्री अमृताजीले
सबैलाई बधाई टक्राईन्। असल कार्यको लागि जस्तै संघर्ष गर्नु पर्यो भने पनि सत्य र
ईमान्दारीताकासाथ डटेर कार्य गर्ने आह्वान पनि उनले गरिन्।
गत 30 दिसम्बरदेखि सुरु दुई दिवसीय सदभावना सम्मेलनमा नेपाल,
भारतका विभिन्न प्रान्तहरूबाट आएका आत्मानुभवी सन्त महात्माहरूले आध्यात्मिक
प्रवचन दिएका थिए। यसक्रममा दुवै दिन विभिन्न ठाउँहरूबाट आएका भक्तहरूले श्री
गुरूमहाराजजी र दिव्य परिवारको दर्शन पनि गरे।
सदभावना सम्मेलनको मञ्चमा समितिको सांस्कृतिक विभाग र बाल
सभाको तर्फबाट दार्जीलिङ पहाड, तराई-डुवर्स,
सिक्किम, भोटाङ
र नेपालबाट आएका युवा र बाल कलाकालहरूले भजन कीर्तन, नृत्य, नाटक
आदि विविध रोचक सांस्कृतिक कार्यक्रमहरू
नेपाली,
साद्री, हिन्दी,
बंगला, अंग्रेजी,
भोजपुरी आदि भाषाहरूमा प्रस्तुत गरेका थिए।
No comments:
Post a Comment