गफसफ.com, पेरिस, 5 दिसम्बर।
क्रिस्टियानो रोनाल्डो अनि लियोनेल मेस्सीले एकदशक यता बालोन
डी ओर पुरस्कारमा बनाएको दब-दबा यसपल्ट तोडिएको छ। क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले
यसपल्टको बालोन डी ओर पुरस्कार जितेर क्रिस्टियानो रोनाल्डो अनि लियोनल मेस्सीको
दब-दबा भङ्ग गरेका छन्।
मोड्रिकको यो आफ्नो खेल जीवनको पहिलो बालो डी ओर पुरस्कार
हो। एक दशक पछि रोनाल्डो अनि मेस्सी पछि अन्य खेलाडीले उक्त पुरस्कार जितेका हुन्।
मोड्रिकले यसवर्ष आफ्नो क्लबको साथ तेस्रोपल्ट च्याम्पियन्स
लिगको खिताब जितेका थिए अनि उनले आफ्नो देशलाई रूशमा सम्पन्न फिफा विश्वकपको
फाइनलसम्म पुर्याउन सक्षम बनेका थिए।
बालोन डी ओर पुरस्कार जितेपछि मोड्रिकले उक्त पुरस्कार
एकदशक यता पुरस्कार जित्न नसकेनेहरूलाई समर्पित गरेका छन्। ‘यो पुरस्कार ती सबै
खेलाडीहरूलाई समर्पित गर्छु जसले पुरस्कार पाउने हकदार बनेर पनि पुरस्कार पाउन
सकेनन्।’
No comments:
Post a Comment